काठमाडौँ, १६ कात्तिक (रासस)-नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २०० ले बढेर रु ९२ हजार कायम भएको छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहने छ जसको मूल्य सोमबार प्रतितोला रु ९१ हजार ३०० तोकिएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर एक हजार २५० कायम भएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
यस्तो छ आज मंगलबारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,१६ कात्तिक– नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११९ रुपैयाँ ४९ पैसा र विक्रीदर १२० रुपैयाँ ०९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ २१ पैसा र विक्रीदर १३८ रुपैयाँ ९० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ १२ पैसा र विक्रीदर १६३ रुपैयाँ ९३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ५३ पैसा र विक्रीदर १३१ रुपैयाँ १९ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६८ पैसा र विक्रीदर ९० रुपैयाँ १३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ५६ पैसा र विक्रीदर ९७ रुपैयाँ ०४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ५५ पैसा र विक्रीदर ८९ रुपैयाँ ०० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ४६ पैसा र विक्रीदर १० रुपैयाँ ५१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६८ पैसा र विक्रीदर १८ रुपैयाँ ७७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ८६ पैसा र विक्रीदर ३२ रुपैयाँ ०२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र विक्रीदर ३२ रुपैयाँ ८९ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५८ पैसा र विक्रीदर ३ रुपैयाँ ६० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र विक्रीदर ३२ रुपैयाँ ६९ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ७८ पैसा र विक्रीदर २८ रुपैयाँ ९३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ १५ पैसा र विक्रीदर १० रुपैयाँ २० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ९३ पैसा र विक्रीदर १४ रुपैयाँ ०० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ५८ पैसा र विक्रीदर १८ रुपैयाँ ६७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ३५ पैसा र विक्रीदर १५ रुपैयाँ ४३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९५ रुपैयाँ ९१ पैसा र विक्रीदर ३९७ रुपैयाँ ९० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१६ रुपैयाँ ९३ पैसा र विक्रीदर ३१८ रुपैयाँ ५२ पैसा रहेको छ ।