शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सोमवार बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

सोमवार , कार्तिक १५, २०७८

काठमाडौं,१५ कात्तिक– नेपालको सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । आइतबार उक्त सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ रहेकामा आइतबार प्रतितोला ९१ हजार २०० रुपैयाँ तोकिएको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २४५ रुपैयाँ कायम भएको छ ।

चाँदी आइतबार प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

यस्तो छ आज सोमवारको विदेशी मुद्राको विनिमयदर

काठमाडौं,१५ कात्तिक– नेपाल राष्ट्र बैंकका अनुसार आज सोमवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११९ रुपैयाँ ५१ पैसा र विक्रीदर १२० रुपैयाँ ११ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ १९ पैसा र विक्रीदर १३८ रुपैयाँ ८८ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ५२ पैसा र विक्रीदर १६४ रुपैयाँ ३४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ५० पैसा र विक्रीदर १३१ रुपैयाँ १५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९० पैसा र विक्रीदर ९० रुपैयाँ ३५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ४३ पैसा र विक्रीदर ९६ रुपैयाँ ९१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ५९ पैसा र विक्रीदर ८९ रुपैयाँ ०३ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ४८ पैसा र विक्रीदर १० रुपैयाँ ५३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६६ पैसा र विक्रीदर १८ रुपैयाँ ७५ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ८६ पैसा र विक्रीदर ३२ रुपैयाँ ०२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र विक्रीदर ३२ रुपैयाँ ७९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५९ पैसा र विक्रीदर ३ रुपैयाँ ६१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५४ पैसा र विक्रीदर ३२ रुपैयाँ ७० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ८६ पैसा र विक्रीदर २९ रुपैयाँ ०१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ १७ पैसा र विक्रीदर १० रुपैयाँ २३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ९१ पैसा र विक्रीदर १३ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ५८ पैसा र विक्रीदर १८ रुपैयाँ ६७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ३६ पैसा र विक्रीदर १५ रुपैयाँ ४४ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९६ रुपैयाँ १९ पैसा र विक्रीदर ३९८ रुपैयाँ १८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१७ रुपैयाँ ०० पैसा र विक्रीदर ३१८ रुपैयाँ ५९ पैसा रहेको छ ।

प्रतिक्रिया