काठमाडौं, १४ कात्तिक - आज साताको पहिलो दिन आईतवार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार सुनको मूल्य घटेको बताएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै, आजका लागि तेजाबी सुनको कारोबार मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम थियो । सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको प्रतितोला मूल्य १२ सय ४० रुपैयाँ कायम छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा १२ सय ४५ रुपैयाँ तोकिएको थियो ।
सिन्धुली रेडक्रसद्वारा कोरोना खोप केन्द्रमा स्वयंमसेवक परिचालन
सिन्धुली– नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले कोरोना खोप केन्द्रहरुमा स्वयंमसेवक परिचालन गरेको छ । खोप केन्द्रमा हुने भिडभाडलाई व्यवस्थित गर्न तथा स्वास्थ्यकर्मीहरुले सहज ढंगले खोप लगाउने वातावरण बनाउन कोभिड –१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रममार्फत स्वयंमसेवक परिचालन गरिएको हो ।
शनिबारबाट सिन्धुलीका विभिन्न पालिकाहरुमा सञ्चालन भएको भेरोसेल तथा एस्ट्राजेनिकाको दोश्रो मात्रा लगाउने कार्य सुरु भएसँगै सिन्धुली रेडक्रसले कमलामाई नगरपालिकाका कालिमाई खोप केन्द्र, कोभिड अस्पताल नजिकको शिवनगर खोप केन्द्र तथा भिमान खोप केन्द्रमा स्वयंमसेवक परिचालन गरेको छ । यी केन्द्रहरु विगतमा निकै भिडभाड हुने खोप केन्द्रहरु हुन् ।
खोप केन्द्रबाट कोरोना संक्रमण हुन सक्ने सम्भावित अवस्थालाई समेत ध्यानमा राखी स्वयंमसेवकहरु परिचालन गरिएको सिन्धुली रेडक्रसका कोभिड फोकल पर्सन अमृत पाख्रिनले बताउनु भयो । परिचालित स्वयंसेवकहरुले खोप केन्द्रमा भिड व्यवस्थापन गर्ने, मास्क वितरण गरि मास्क लगाउन प्रोत्साहन गर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गर्ने तथा आवश्यकता अनुसार स्वास्थ्यकर्मीहरुलाई समेत सहयोग गर्नेछ ।
सिन्धुली जिल्लाभित्र स्थानीय तहसँग समन्वय गरी अति भिडभाड हुने सबै खोप केन्द्रहरुमा स्वयंमसेवक परिचालन गर्ने नेपाल रेडक्रस सोसाइटीको योजना रहेको छ ।