काठमाडौं,०४ कात्तिक – दसैँ लागेसँगै उकालो लाग्न थालेको चाँदीको मूल्य वृद्धिको ग्राफ थप उचाइमा पुगेको छ । दसैँ सकिएको भोलिपल्ट अर्थात् आज बिहीबार मात्र चाँदीको मूल्य एक हजार २६० रुपैयाँ पुगेको हो । जबकी गत असोज २५ गतेसम्म चाँदीको मूल्य जम्मा एक हजार १८० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
२५ गतेबाट बढ्न थालेको चाँदीको मूल्य आज कार्तिक ४ गतेसम्म आइपुग्दा तोलामा ८० रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २५ गते एक हजार १८० रुपैयाँमा कारोबार भएर बन्द भएको बजारमा कार्तिक १ गते एकैपटक अधिकतम ४५ रुपैयाँले वृद्धि हुँदै चाँदीको मूल्य एक हजार २२५ रुपैयाँ पुगेको थियो ।
यस्तै, कार्तिक २ गते १० रुपैयाँले वृद्धि हुँदै एक हजार २३५ रुपैयाँ र ४ गते थप २५ रुपैयाँले वृद्धि हुँदै एक हजार २६० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यता सुनको मूल्य भने सामान्य वृद्धि भएको महासंघले जनाएको छ । गत असोज २५ गते तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज कार्तिक चार गते ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत बुधबारको तुलनामा आज बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि भएको हो ।
यो पनि पढनु होस
यस्तो छ आज बिहिवारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,०४ कात्तिक– नेपाल राष्ट्र बैंकका अनुसार आज बिहिवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११९ रुपैयाँ ५० पैसा र विक्रीदर १२० रुपैयाँ १० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ९१ पैसा र विक्रीदर १३९ रुपैयाँ ६१ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ३६ पैसा र विक्रीदर १६५ रुपैयाँ १९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ३६ पैसा र विक्रीदर १३० रुपैयाँ ०१ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र विक्रीदर ८९ रुपैयाँ ८९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ७१ पैसा र विक्रीदर ९७ रुपैयाँ २० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ८८ पैसा र विक्रीदर ८९ रुपैयाँ ३२ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ४४ पैसा र विक्रीदर १० रुपैयाँ ४९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६९ पैसा र विक्रीदर १८ रुपैयाँ ७८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ८६ पैसा र विक्रीदर ३२ रुपैयाँ ०२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र विक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५८ पैसा र विक्रीदर ३ रुपैयाँ ६० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र विक्रीदर ३२ रुपैयाँ ७० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ७२ पैसा र विक्रीदर २८ रुपैयाँ ८६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ १७ पैसा र विक्रीदर १० रुपैयाँ २२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ८७ पैसा र विक्रीदर १३ रुपैयाँ ९४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ६७ पैसा र विक्रीदर १८ रुपैयाँ ७६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ३७ पैसा र विक्रीदर १५ रुपैयाँ ४५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९६ रुपैयाँ १४ पैसा र विक्रीदर ३९८ रुपैयाँ १३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१६ रुपैयाँ ९७ पैसा र विक्रीदर ३१८ रुपैयाँ ५६ पैसा रहेको छ ।