काठमाडौं, ३ कात्तिक - आज बुधबार नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो । जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम छ ।
महासंघले हिजो मंगलबार सुनचाँदी व्यवसायी रमेश महर्जनको सम्झनामा सुनको मूल्य तोकेको थिएन । सोमबार भने छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ तोकिएको थियो । यसैगरी, आज १० रुपैयाँले बढेको चाँदीको मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँ छ ।
यो पनि पढनु होस
यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,०३ कात्तिक– नेपाल राष्ट्र बैंकका अनुसार आज बुधवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम १२० रुपैयाँ २५ पैसा र विक्रीदर १२० रुपैयाँ ८५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ २१ पैसा र विक्रीदर १४० रुपैयाँ ९१ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६६ रुपैयाँ २६ पैसा र विक्रीदर १६७ रुपैयाँ ०९ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ८३ पैसा र विक्रीदर १३१ रुपैयाँ ४८ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८० पैसा र विक्रीदर ९० रुपैयाँ २४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७रुपैयाँ ५३ पैसा र विक्रीदर ९८ रुपैयाँ ०२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ४९ पैसा र विक्रीदर ८९ रुपैयाँ ९३ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५३ पैसा र विक्रीदर १० रुपैयाँ ५८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र विक्रीदर १८ रुपैयाँ ९१ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ०६ पैसा र विक्रीदर ३२ रुपैयाँ २२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ०३ पैसा र विक्रीदर ३३ रुपैयाँ १९ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६० पैसा र विक्रीदर ३ रुपैयाँ ६२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ७४ पैसा र विक्रीदर ३२ रुपैयाँ ९० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ८३ पैसा र विक्रीदर २८ रुपैयाँ ९७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ २१ पैसा र विक्रीदर १० रुपैयाँ २६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ९८ पैसा र विक्रीदर १४ रुपैयाँ ०५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८४ पैसा र विक्रीदर १८ रुपैयाँ ९४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ४६ पैसा र विक्रीदर १५ रुपैयाँ ५४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९८ रुपैयाँ ७२ पैसा र विक्रीदर ४०० रुपैयाँ ७१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१९ रुपैयाँ ०० पैसा र विक्रीदर ३२० रुपैयाँ ६० पैसा रहेको छ ।