शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज घट्यो सुनको मूल्य

सोमवार , आश्विन २५, २०७८

काठमाडौँ, २५ असोज - नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सयले घटेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला रु ९० हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार १५० मा कारोबार हुनेछ जुन आइतबार प्रतितोला रु ९० हजार २५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य आइतबारको तुलनामा रु पाँचले बढेको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार १७५ मा कारोबार भएको थियो भने आज प्रतितोला रु एक हजार १८० मा कारोबार हुनेछ ।

यो पनि पढनुहोस

यस्तो छ आज सोमवारको विदेशी मुद्राको विनिमयदर

काठमाडौं,२४ असोज – नेपाल राष्ट्र बैंकका अनुसार आज सोमवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११९ रुपैयाँ ६८ पैसा र विक्रीदर १२० रुपैयाँ २८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ४६ पैसा र विक्रीदर १३९ रुपैयाँ १५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ९२ पैसा र विक्रीदर १६३ रुपैयाँ ७४ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ०६ पैसा र विक्रीदर १२९ रुपैयाँ ७१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४७ पैसा र विक्रीदर ८७ रुपैयाँ ९१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ०१ पैसा र विक्रीदर ९६ रुपैयाँ ४९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ३० पैसा र विक्रीदर ८८ रुपैयाँ ७४ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६६ पैसा र विक्रीदर १० रुपैयाँ ७२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र विक्रीदर १८ रुपैयाँ ६७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ९१ पैसा र विक्रीदर ३२ रुपैयाँ ०७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८६ पैसा र विक्रीदर ३३ रुपैयाँ ०३ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५३ पैसा र विक्रीदर ३ रुपैयाँ ५५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र विक्रीदर ३२ रुपैयाँ ७५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६५ पैसा र विक्रीदर २८ रुपैयाँ ६५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ ०० पैसा र विक्रीदर १० रुपैयाँ ०५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७० पैसा र विक्रीदर १३ रुपैयाँ ७७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ६२ पैसा र विक्रीदर १८ रुपैयाँ ७१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ३७ पैसा र विक्रीदर १५ रुपैयाँ ४५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९६ रुपैयाँ ९० पैसा र विक्रीदर ३९७ रुपैयाँ ८९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१७ रुपैयाँ ४५ पैसा र विक्रीदर ३१० रुपैयाँ ०४ पैसा रहेको छ ।

प्रतिक्रिया