शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

दुई किशोरी सुनकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नियुक्त

सोमवार , आश्विन २५, २०७८

सिन्धुली – सुनकोशी गाउँपालिकामा दुई किशोरी लाई दुई घण्टाको लागि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा नियुक्ति गरिएको छ । अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा उनीहरुलाई दुई घण्टाको लागि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा नियुक्त गरिएको हो ।

नेतृतव र निर्णय परियोजना अन्तरगत नेतृत्व हस्तानतरण डिजिटल पुस्ताः हाम्रो पुस्ता भन्ने नारालाई सार्थक बनाउन प्लान इन्टरनेसनल नेपालको सहयोगमा जनजाती बिकास समाज सिन्धुलीले आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्षमा गितामाया श्रेष्ठ र उपाध्यक्षमा आरजु खड्का लाई नियुक्त गरिएको हो ।

आइतवार बिहान ११ बजे बाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि छनौट भएका किशोरीहरु गितामाया श्रेष्ठ र आरजु खड्कालाई पदभार ग्रहण गराइएको सुनकोशी गाउँपालिकाका कानुनी सल्लाकार चिरन्जिवि दाहालले बताउनुभयो ।

नवनियुक्त गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले नेतृत्व हस्तान्तरण गर्दै नयाँ पुस्ताले पुरानो पुस्ता भन्दा छिटो सोचेर काम गर्न सक्ने हुनाले आगामी दिनमा तयारी गर्न सुझाब दिदै बधाइ समेत दिनुभयो ।

यस्तै नवनियुक्त अध्यक्ष गितामाया श्रेष्ठले किशोरीहरु साइवर हिंसाबाट पिडित भएको र सामाजीक संजाल मार्फत किशोरीहरु पिडित भएको भन्दै आफ्नो स्थानीय तहमा त्यस सम्बन्धी कानुन बनाई,बिभिन्न जनचेतनामूलक कार्यक्रम र तालिम संचालन गरी अन्लाइन हिंसा सम्बन्धी कानुन कार्यन्वयन गर्ने बताउनुभयो । यस्तै नवनियुक्त उपाध्यक्ष आरजु खड्काले उपाध्यक्ष जस्तो गरिमामय पदको जिम्मेवारी पाएकोमा खुसी ब्यक्त गदै आउदो दिनमा नयाँ पुस्ताले नेतृत्व लिदा सेवाग्राहीका, सम्पूर्ण क्षेत्रका कार्य चुस्त दुरुस्त रुपमा सम्पादन हुनसक्ने बताउनुभयो ।

प्रतिक्रिया