काठमाडौं,२४ असोज – नेपालको स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको सुन बजार भाउ तोक्दै मूल्य बढेको बताएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५० रुपैयाँ छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार १५० रुपैयाँ थियो । सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै प्रतितोला ११ सय ७५ रुपैयाँ पुगेको छ ।
यो पनि पढनुहोस
यस्तो छ आज आइतवारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,२४ असोज – नेपाल राष्ट्र बैंकका अनुसार आज आइतवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११९ रुपैयाँ ६८ पैसा र विक्रीदर १२० रुपैयाँ २८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ३९ पैसा र विक्रीदर १३९ रुपैयाँ ०९ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ०५ पैसा र विक्रीदर १६३ रुपैयाँ ८७ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ९० पैसा र विक्रीदर १२९ रुपैयाँ ५४ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४० पैसा र विक्रीदर ८७ रुपैयाँ ८४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ४६ पैसा र विक्रीदर ९५ रुपैयाँ ९४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ २८ पैसा र विक्रीदर ८८ रुपैयाँ ७२ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ७० पैसा र विक्रीदर १० रुपैयाँ ७६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र विक्रीदर १८ रुपैयाँ ६५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ९१ पैसा र विक्रीदर ३२ रुपैयाँ ०७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा र विक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५३ पैसा र विक्रीदर ३ रुपैयाँ ५५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र विक्रीदर ३२ रुपैयाँ ७५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६५ पैसा र विक्रीदर २८ रुपैयाँ ७९ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ ०२ पैसा र विक्रीदर १० रुपैयाँ ०७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६८ पैसा र विक्रीदर १३ रुपैयाँ ७५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ६० पैसा र विक्रीदर १८ रुपैयाँ ६९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ३७ पैसा र विक्रीदर १५ रुपैयाँ ४५ पैसा रहेको छ ।
कुवेती दिनार १को खरिदर ३९६ रुपैयाँ ७८ पैसा र विक्रीदर ३९७ रुपैयाँ ७५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१७ रुपैयाँ ४५ पैसा र विक्रीदर ३१० रुपैयाँ ०४ पैसा रहेको छ ।