काठमाडौं, २२ असोज - नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार १५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य ११७० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।
यो पनि पढनुहोस
यस्तो छ आज शुक्रवारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,२२ असोज – नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११९ रुपैयाँ ३५ पैसा र विक्रीदर ११९ रुपैयाँ ९५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ९७ पैसा र विक्रीदर १३८ रुपैयाँ ६६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ १६ पैसा र विक्रीदर १६२ रुपैयाँ ९८ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ८० पैसा र विक्रीदर १२९ रुपैयाँ ४५ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९५ पैसा र विक्रीदर ८७ रुपैयाँ ३८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ८६ पैसा र विक्रीदर ९५रुपैयाँ ३३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ८७ पैसा र विक्रीदर ८८ रुपैयाँ ३१ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ७१ पैसा र विक्रीदर १० रुपैयाँ ७६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५१ पैसा र विक्रीदर १८ रुपैयाँ ६१ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ८२ पैसा र विक्रीदर ३१ रुपैयाँ ०८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७७ पैसा र विक्रीदर ३२ रुपैयाँ ९४ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५३ पैसा र विक्रीदर ३ रुपैयाँ ५५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र विक्रीदर ३२ रुपैयाँ ६६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५३ पैसा र विक्रीदर २८ रुपैयाँ ६७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ ०२ पैसा र विक्रीदर १० रुपैयाँ ०८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ५८ पैसा र विक्रीदर १३ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ५४ पैसा र विक्रीदर १८ रुपैयाँ ६४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ३३ पैसा र विक्रीदर १५ रुपैयाँ ४१ पैसा रहेको छ ।
कुवेती दिनार १को खरिदर ३९५ रुपैयाँ ७१ पैसा र विक्रीदर ३९७ रुपैयाँ ७० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१६ रुपैयाँ ५८ पैसा र विक्रीदर ३१८ रुपैयाँ १७ पैसा रहेको छ ।