सिन्धुली, – नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र वाइसियल नेपाल सिन्धुली बिच मैत्रीपुर्ण फुटबल खेल बिहिवार सम्पन्न भएको छ । नेपालीहरुको महान पर्व बडा दशैं, तिहार, छठ, नेपाल संवत, ल्होछार लगायत आउदै गरेको पर्वहरुको शुभ अवसरमा उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।
सिन्धुलीमा नेकपा (माओवादी केन्द्र) निकट दुई सक्रिय संगठनको यो पहिलो खेल भएको अखिल नेपाल (क्रान्तिकारी) सिन्धुलीले जनाएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति सिन्धुली (रचनात्मक तथा खेलकुद बिभिगको) आयोजना तथा नेकपा माओवादी केन्द्र समन्वय समिति सिन्धुलीको समन्वयमा प्रतियोगिताको आयोजना गरिएको थियो ।

बिहिवार भएको प्रतियोगितामा अखिल (क्रान्तिकारी) सिन्धुलीले वाईसियल नेपाल सिन्धुलीलाई ३–० गोल अन्तरले पराजित गरेको अखिल (क्रान्तिकारी) कमलामाई नगर कमिटी सिन्धुलीका अध्यक्ष बिनोद जंग कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा सहभागि टिमलाई सम्मान पत्र सहित सम्मान गरिएको छ ।
कार्यक्रम नेकपा केन्द्रीय सदस्य एव बागमती प्रदेश सांसद तथा जिल्ला ईन्चार्ज राजन दाहालको प्रमुख आतिथ्यता, जिल्ला संयोजक रामकुमार पौडेलको विशिष्ट आतिथ्यता, , अनेमसंघ (क्रान्तिकारी) का प्रतिनिधी, अखिल (क्रान्तिकारी) सिन्धुलीका अध्यक्ष भानुभक्त श्रेष्ठ वाइसियल नेपाल सिन्धुलीका नेताहरु लगायत सुभेच्छुकहरुको उपस्थितिमा सिन्धुलीमाढीमा भव्यताको साथ उक्त कार्यक्रम सम्पन्न भएको छ ।