शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि बढ्यो सुनको मूल्य

मंगलवार , आश्विन १९, २०७८

काठमाडौँ,१९ असोज – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९० हजार ३०० कायम गरिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्याकानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ३०० तोकिएको हो । छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ८०० मा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला रु ८९ हजार ८५० कायम गरिएको छ जुन सोमबार प्रतितोला रु ८९ हजार ३५० मा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।

यो पनि पढनुहोस

यस्तो छ आज मंगलवारको विदेशी मुद्राको विनिमयदर

काठमाडौं,१९ असोज – नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ६० पैसा र विक्रीदर ११९ रुपैयाँ २० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ९१ पैसा र विक्रीदर १३८ रुपैयाँ ६१ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ १४ पैसा र विक्रीदर १६१ रुपैयाँ ९६ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२७ रुपैयाँ ९१ पैसा र विक्रीदर १२८ रुपैयाँ ५६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २९ पैसा र विक्रीदर ८६ रुपैयाँ ७२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ९४ पैसा र विक्रीदर ९३ रुपैयाँ ४२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ३८ पैसा र विक्रीदर ८७ रुपैयाँ ८२ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६६ पैसा र विक्रीदर १० रुपैयाँ ७१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र विक्रीदर १८ रुपैयाँ ४९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६२ पैसा र विक्रीदर ३१ रुपैयाँ ७८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५७ पैसा र विक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५१ पैसा र विक्रीदर ३ रुपैयाँ ५३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ २० पैसा र विक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४१ पैसा र विक्रीदर २८ रुपैयाँ ५६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ ०४ पैसा र विक्रीदर १० रुपैयाँ ०९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ५८ पैसा र विक्रीदर १३ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ५४ पैसा र विक्रीदर १८ रुपैयाँ ६४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ २३ पैसा र विक्रीदर १५ रुपैयाँ ३१ पैसा रहेको छ ।

कुवेती दिनार १को खरिदर ३९३ रुपैयाँ ४१ पैसा र विक्रीदर ३९५ रुपैयाँ ४० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१४ रुपैयाँ ५८ पैसा र विक्रीदर ३१६ रुपैयाँ १८ पैसा रहेको छ ।

प्रतिक्रिया