शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज सुनको मूल्य

सोमवार , आश्विन १८, २०७८

काठमाडौं १८ असोज - नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार ३५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो चाँदीको मूल्य ११६० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

यस्तो छ आज सोमवारको विदेशी मुद्राको विनिमयदर

काठमाडौं,१८ असोज – नेपाल राष्ट्र बैंकका अनुसार आज सोमवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ २९ पैसा र विक्रीदर ११८ रुपैयाँ ८९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ १७ पैसा र विक्रीदर १३७ रुपैयाँ ८६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ २५ पैसा र विक्रीदर १६१ रुपैयाँ ०७ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२७ रुपैयाँ ०५ पैसा र विक्रीदर १२७ रुपैयाँ ६० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८४ पैसा र विक्रीदर ८६ रुपैयाँ २८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ५० पैसा र विक्रीदर ९३ रुपैयाँ ९८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ २० पैसा र विक्रीदर ८७ रुपैयाँ ६४ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६५ पैसा र विक्रीदर १० रुपैयाँ ७० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३५ पैसा र विक्रीदर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ५४ पैसा र विक्रीदर ३१ रुपैयाँ ७० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २९ पैसा र विक्रीदर ३२ रुपैयाँ ४६ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५२ पैसा र विक्रीदर ३ रुपैयाँ ५४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ २० पैसा र विक्रीदर ३२ रुपैयाँ ३७ पैसा रहेको छ । कतारी दिरामको एकको खरिदर ३२ रुपैयाँ ४९ पैसा र विक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३० पैसा र विक्रीदर २८ रुपैयाँ ४५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ ०२ पैसा र विक्रीदर १० रुपैयाँ ०७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ५२ पैसा र विक्रीदर १३ रुपैयाँ ५९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ४४ पैसा र विक्रीदर १८ रुपैयाँ ५३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ २० पैसा र विक्रीदर १५ रुपैयाँ २७ पैसा रहेको छ ।

कुवेती दिनार १को खरिदर ३९२ रुपैयाँ ३४ पैसा र विक्रीदर ३९४ रुपैयाँ ३३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१३ रुपैयाँ ७७ पैसा र विक्रीदर ३१५ रुपैयाँ ३६ पैसा रहेको छ ।

प्रतिक्रिया