काठमाडौं,१७ असोज -आज आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले बढेर ८९ हजार ८०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेर एक हजार १६० रुपैयाँ पुगेको हो ।
गत शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँ र चाँदी एक हजार १४० रुपैयाँमा कारोबार भएको थियो । यता तेजाबी सुनको मूल्य गत शुक्रबारको तुलनामा दुई सय रुपैयाँले बढेर आज ८९ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
यो पनि पढनुस
यस्तो छ आज आइतवारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,१७ असोज – नेपाल राष्ट्र बैंकका अनुसार आज आइतवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ २९ पैसा र विक्रीदर ११८ रुपैयाँ ८९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ १७ पैसा र विक्रीदर १३७ रुपैयाँ ८७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ १५ पैसा र विक्रीदर १६० रुपैयाँ ९६ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२७ रुपैयाँ ०३ पैसा र विक्रीदर १२७ रुपैयाँ ६७ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८० पैसा र विक्रीदर ८६ रुपैयाँ २४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ३५ पैसा र विक्रीदर ९३ रुपैयाँ ८२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ २१ पैसा र विक्रीदर ८७ रुपैयाँ ६५ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६४ पैसा र विक्रीदर १० रुपैयाँ ६९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३५ पैसा र विक्रीदर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ५४ पैसा र विक्रीदर ३१ रुपैयाँ ७० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र विक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५२ पैसा र विक्रीदर ३ रुपैयाँ ५३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ २० पैसा र विक्रीदर ३२ रुपैयाँ ३७ पैसा रहेको छ । कतारी दिरामको एकको खरिदर ३२ रुपैयाँ ४९ पैसा र विक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३० पैसा र विक्रीदर २८ रुपैयाँ ४५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ ०० पैसा र विक्रीदर १० रुपैयाँ ०५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ५१ पैसा र विक्रीदर १३ रुपैयाँ ५८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ४५ पैसा र विक्रीदर १८ रुपैयाँ ५४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ १९ पैसा र विक्रीदर १५ रुपैयाँ २७ पैसा रहेको छ ।
कुवेती दिनार १को खरिदर ३९२ रुपैयाँ ३४ पैसा र विक्रीदर ३९४ रुपैयाँ ३३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१३ रुपैयाँ ७७ पैसा र विक्रीदर ३१५ रुपैयाँ ३६ पैसा रहेको छ ।