शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज बढ्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

शुक्रवार , आश्विन १५, २०७८

काठमाडौं १५ असोज- नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८८ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ९ सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार १५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य ११२० मा कारोबार भएकोमा आज बढेर प्रतितोला ११४० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

अनुगमनलाई तिव्रता र प्रभावकारी बनाऊ

सिन्धुलीमा केहि समयअघि बजार अनुगमन भएपनि प्रभावकारी नभएको उपभोक्ताले गुनासो गरेका छन् । केहि पसलहरुमा मात्र अनुगमन भएको भन्दै उपभोक्ताले विरोध गरेको अवस्था छ । नेपालीहरुको महान् चाड दशैँ नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । तर, स्थानिय तह, जिल्ला प्रशासन, अनुगमन समिति लगायत अनुगमनकर्ताले खाद्यान्नको मात्र अनुगमन गरिरहेका छन् । बजार अनुगमनलाई थप फराकिलो बनाउन सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

त्यसैगरि, जानकारी दिएर अनुगमन गर्ने भन्दा पनि छड्के अनुगमन गर्नतर्फ जिम्मेवार निकायले अग्रसरता देखाउन आवश्यकछ । जिल्लामा पछिल्लो समय म्याद गुज्रिएको सामाग्री बेचबिखन भइरहेको उपभोक्ताले गुनासो गर्दै आएका छन् । यतिमात्र नभएर थोक विक्रेताले शूल्क बढाएर सामाग्री वितरण गरिरहेको अवस्था छ । तसर्थ, यी सबै पक्षलाई मध्यनजर गरेर बजार अनुगमनलाई तिव्रता दिन जरुरी छ ।

दशैँ नजिकिएपछि जिल्लामा कारोबार बढेको छ । लत्ताकपडा देखि खसि, बोकाको व्यापार फस्टाएको छ । कोभिडले खुम्चिएको कारोबार फस्टाएसँगै कालोबजारी पनि बढिरहेको छ । त्यसैले, बजार अनुगमन गर्दा थप गृहकार्य गरेर फिल्डमा उतिर्नतर्फ सम्बन्धित निकाय गम्भिर हुन आवश्यक छ । अतः बजार अनुगमनलाई थप प्रभावकारी र तिव्रता दिइनुपर्छ ।

प्रतिक्रिया