काठमाडौं , १४ असोज- नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८८ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार २५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य ११५५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला ११२० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।
यो पनि पढनु होस
यस्तो छ आज बिहिवारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,१४ असोज – नेपाल राष्ट्र बैंकका अनुसार आज बिहिवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ३४ पैसा र विक्रीदर ११८ रुपैयाँ ८४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ९५ पैसा र विक्रीदर १३८ रुपैयाँ ६५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ७९ पैसा र विक्रीदर १६० रुपैयाँ ६० पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२७ रुपैयाँ ४४ पैसा र विक्रीदर १२८ रुपैयाँ ०९ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७० पैसा र विक्रीदर ८६ रुपैयाँ १४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ३३ पैसा र विक्रीदर ९३ रुपैयाँ ८० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६३ पैसा र विक्रीदर १० रुपैयाँ ६८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३० पैसा र विक्रीदर १८ रुपैयाँ ४० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ५५ पैसा र विक्रीदर ३१ रुपैयाँ ७१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५० पैसा र विक्रीदर ३१ रुपैयाँ ७१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ४९ पैसा र विक्रीदर ३ रुपैयाँ ५१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र विक्रीदर ३२ रुपैयाँ ३८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २८ पैसा र विक्रीदर २८ रुपैयाँ ४२ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ १८ पैसा र विक्रीदर ८७ रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ २० पैसा र विक्रीदर १५ रुपैयाँ २८ पैसा रहेको छ ।