शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि घट्यो सुनको मूल्य

बुधवार , आश्विन १३, २०७८

काठमाडौं, १३ असोज- आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज १०० रुपैयाँले घटेर कारोबार सुरु भएको बताएको हो । सुनको मूल्य हिजो मंगलबार तोलामा ३०० ले घटेको थियो । जसअनुसार, आज स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम थियो । यससँगै, आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले बताएको छ । आज चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

योपनि पढनुहोस

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

काठमाडौं,१३ असोजै – नेपाल राष्ट्र बैंकका अनुसार आज बुधवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११७ रुपैयाँ १७ पैसा र विक्रीदर ११८ रुपैयाँ ७७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ०२ पैसा र विक्रीदर १३८ रुपैयाँ ७२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ९० पैसा र विक्रीदर १६१ रुपैयाँ ७२ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२७ रुपैयाँ २७ पैसा र विक्रीदर १२७ रुपैयाँ ९२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६३ पैसा र विक्रीदर ८५ रुपैयाँ ०७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ४४ पैसा र विक्रीदर ९३ रुपैयाँ ९१ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६१ पैसा र विक्रीदर १० रुपैयाँ ६६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २९ पैसा र विक्रीदर ३८ रुपैयाँ २८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ५० पैसा र विक्रीदर ३१ रुपैयाँ ६६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र विक्रीदर ३२ रुपैयाँ ६१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५० पैसा र विक्रीदर ३ रुपैयाँ ५२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र विक्रीदर ३२ रुपैयाँ ३३ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २५ पैसा र विक्रीदर २८ रुपैयाँ ४० पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ०९ पैसा र विक्रीदर ८७ रुपैयाँ ५३ पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ १८ पैसा र विक्रीदर १५ रुपैयाँ २६ पैसा रहेको छ ।

प्रतिक्रिया