काठमाडौं १२ असोज- नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो । सोमबार सुनको मूल्य तोलामा तीन सयले बढेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार ५५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य ११६० मा कारोबार भएकोमा आज घटेर तोलामा ११५५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।
यस्तो छ आज मंगलवारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,१२ असोज– नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११७ रुपैयाँ ८५ पैसा र विक्रीदर ११८ रुपैयाँ ४५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ९५ पैसा र विक्रीदर १३८ रुपैयाँ ६५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ५१ पैसा र विक्रीदर १६२ रुपैयाँ ३३ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२७ रुपैयाँ २५ पैसा र विक्रीदर १२७ रुपैयाँ ९० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६० पैसा र विक्रीदर ८० रुपैयाँ ०४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ २१ पैसा र विक्रीदर ९३ रुपैयाँ ६८ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६२ पैसा र विक्रीदर १० रुपैयाँ ६८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २४ पैसा र विक्रीदर १८ रुपैयाँ ३३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ४२ पैसा र विक्रीदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३६ पैसा र विक्रीदर ३२ रुपैयाँ ५३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५१ पैसा र विक्रीदर ३ रुपैयाँ ५३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ०८ पैसा र विक्रीदर ३२ रुपैयाँ २५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ १४ पैसा र विक्रीदर २८ रुपैयाँ २८ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ०५ पैसा र विक्रीदर ८७ रुपैयाँ ४९ पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ १४ पैसा र विक्रीदर १५ रुपैयाँ २ पैसा रहेको छ ।