शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

सोमवार , आश्विन ११, २०७८

काठमाडौं , ११ असोज - नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजारमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार ८५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य ११६० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

यो पनि पढनु होस

यस्तो छ आज सोमवारको विदेशी मुद्राको विनिमयदर

काठमाडौं,११ भदौ – नेपाल राष्ट्र बैंकका अनुसार आज सोमवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११७ रुपैयाँ ६२ पैसा र विक्रीदर ११८ रुपैयाँ २२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ८० पैसा र विक्रीदर १३८ रुपैयाँ ५१ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ९१ पैसा र विक्रीदर १६१ रुपैयाँ ७३ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२७ रुपैयाँ २८ पैसा र विक्रीदर १२७ रुपैयाँ ९३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ३८ पैसा र विक्रीदर ८५ रुपैयाँ ८२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९२ रुपैयाँ ९५ पैसा र विक्रीदर ९३ रुपैयाँ ४२ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६२ पैसा र विक्रीदर १० रुपैयाँ ६८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १९ पैसा र विक्रीदर १८ रुपैयाँ २८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ३६ पैसा र विक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३० पैसा र विक्रीदर ३२ रुपैयाँ ४६ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५२ पैसा र विक्रीदर ३ रुपैयाँ ५४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ०२ पैसा र विक्रीदर ३२ रुपैयाँ १८ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०८ पैसा र विक्रीदर २८ रुपैयाँ २२ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८६ रुपैयाँ ९० पैसा र विक्रीदर ८७ रुपैयाँ ३४ पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ ११ पैसा र विक्रीदर १५ रुपैयाँ १८ पैसा रहेको छ ।

प्रतिक्रिया