शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज सुनको मूल्य

आइतवार , आश्विन १०, २०७८

काठमाडौं १० असोज -नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजारमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार ५५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य ११६० मा कारोबार भएकोमा आज घटेर तोलामा बढेर ११५० कायम गरिएको महासंघले जनाएको छ ।

यो पनि पढनुस

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं,१०, असोज – नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११८.२२ रुपैयाँ र खरिद मूल्य ११७.६२ रुपैयाँ तोकेको छ । केन्द्रीय बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोक्दै अमेरिकी डलरको दर उक्त मूल्यमा कायम भएको बताएको हो ।

यससँगै, आज एक यूरोको बिक्री १३८.७२ र खरिद १३८.०२ रुपैयाँ तथा पाउण्डको बिक्री १६१.९७ र खरिद १६१.१५ रुपैयाँ कायम भएको बताएको छ । यसका साथै, आजका लागि स्वीस फ्र्यांकको बिक्री मूल्य १२७.४४ र खरिद मूल्य १२८.०९ रुपैयाँ तोकिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलरको बिक्री ८५.८८ र खरिद ८५.४५ र क्यानडियन डलरको बिक्री ९३.१६ र खरिद ९२.६९ रुपैयाँ तोकिएको छ । यता एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री दर ८७.४८ र खरिद दर ८७.०४ तथा जापानी १० येनको बिक्री १०.७१ र खरिद १०.६५ रुपैयाँ कायम छ । यसका साथै, चिनियाँ युआनको बिक्री १८.२९ र खरिद १८.२० रुपैयाँ कायम हुँदा साउदी रियालको बिक्री ३१.५२ र खरिद ३१.३६ रुपैयाँ तोकिएको छ ।

कतारी रियालको बिक्री ३२.१७ रुपैयाँमा र खरिद ३१.०१ रुपैयाँमा हुँदा संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री ३२.१८ र खरिद ३२.०२ रुपैयाँ तथा मलेसियन रिंगटको बिक्री २८.२२ र खरिद २८.०८ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया