शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

मंगलवार , आश्विन ५, २०७८

काठमाडौं,५ असोज – आज मंगलबार नेपालको स्थानिय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । हिजो सोमबार सुनको मूल्य एकै दिन प्रतितोला एक हजार रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भने सुनको भाउ बढेको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार २०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० रुपैयाँ तोकिएको महासंघले बताएको छ ।

हिजो सोमबार एकै दिन तोलामा एक हजार रुपैयाँको गिरावटसँगै छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० र तेजाबी सुनको मूल्य ८८ हजार ४५० रुपैयाँमा आइपुगेको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको महासंघले जनाएको छ । आज नेपाली बजारमा चाँदीको कारोबार प्रतितोला १ हजार १४० रुपैयाँमा भइरहेको महासंघले बताएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं,५ असोज – नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनियमदर तोक्दै अमेरिकी डलरको मूल्य बढेको बताएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मूल्य ११८.२८ र खरिद मूल्य ११७.६८ रुपैयाँ तोकेको छ । यसअघि, हिजो एक अमेरिकी डलरको बिक्री मूल्य ११७.८७ रुपैयाँ थियो ।

यस्तै, आज एक यूरोको बिक्री दर १३८.५१ र खरिद दर १३७.८१ तथा पाउण्डको बिक्री मूल्य १६१.९३ रुपैयाँ कायम हुँदा खरिद दर १६१.१० डलर तोकिएको छ । यसका साथै, अष्ट्रेलियन डलरको बिक्री दर ८५.६२ र खरिद दर ८५.१८ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री ८७.४८ र खरिद ८७.०४ रुपैयाँ, १० जापानी येनको बिक्री १०.८० र खरिद १०.७४ तथा चिनियाँ युवानको बिक्री १८.२९ मा हुँदा खरिद १८.२० रुपैयाँमा भइरहेको छ ।

यता साउदी रियालको बिक्री दर ३१.५४ र खरिद दर ३१.३८ तथा कतारी रियालको बिक्री ३२.४९ र खरिद ३२.३२ रुपैयाँ तोकिएको छ । यसैगरी, संयुक्त अरब इमिरेट्सको बिक्री मूल्य ३२.२० रुपैयाँ तोकिँदा खरिद मूल्य ३२.०४ र मलेसियन रिंगटको बिक्री २८.२१ र खरिद २८.०७ रुपैयाँ कायम छ ।

प्रतिक्रिया