शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज बिहीबार पनि घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

बिहिवार , भाद्र २४, २०७८

काठमाडौं २४ भदौ - बिहीबार नेपाली बजारमा सुनको मूल्य ९० हजार ६०० रुपैयाँमा झरेको छ । बुधबार तोलामा ७०० रुपैयाँले सस्तिएर ९० हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार थप एक सय रुपैयाँले घट्दै ९० हजार ६०० रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत तोलामा एक सय रुपैयाँले नै सस्तिँदै ९० हजार एक सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि बुधबारको तुलनामा तोलामा १० रुपैयाँले सस्तिँदै बिहीबार एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार बजारमा चाँदी प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं,२४ भदौ – नेपाल राष्ट्र बैंकका अनुसार आज बिहिवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११७ रुपैयाँ ४७ पैसा र विक्रीदर ११८ रुपैयाँ ०७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ८३ पैसा र विक्रीदर १३९ रुपैयाँ ५४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ६७ पैसा र विक्रीदर १६२ रुपैयाँ ४९ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२७ रुपैयाँ ५८ पैसा र विक्रीदर १२८ रुपैयाँ २३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६६ पैसा र विक्रीदर ८७ रुपैयाँ ११ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९२ रुपैयाँ ७१ पैसा र विक्रीदर ९३ रुपैयाँ १८ पैसा रहेको छ ।

यता जापानी यन आज को खरिद दर नेपाली १० रुपैयाँ ६६पैसा र विक्रीदर १० रुपैयाँ ७१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १९ पैसा र विक्रीदर १८ रुपैयाँ २८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ २४ पैसा र विक्रीदर ३१ रुपैयाँ ४० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा र विक्रीदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५९पैसा र विक्रीदर ३ रुपैयाँ ६० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र विक्रीदर ३२ रुपैयाँ १४ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २८ पैसा र विक्रीदर २८ रुपैयाँ ४२ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ २९ पैसा र विक्रीदर ८७ रुपैयाँ ७४ पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ ११ पैसा र विक्रीदर १५ रुपैयाँ १८ पैसा रहेको छ ।

प्रतिक्रिया