सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । गत आइतबार बजारमा प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार तोलामा एक सय रुपैयाँले घट्दै ९१ हजार ४०० रुपैयाँ कायम भएको हो ।
यस्तै, आज तेजाबी सुनको मूल्य समेत गत आइतबारको तुलनामा एक सय रुपैयाँले नै घट्दै ९० हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तर, आज यता चाँदीको मूल्य भने स्थिर रहेको छ । गत आइतबार एकैदिन तोलामा ३५ रुपैयाँले वृद्धि हुँदै एक हजार २३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
माओवादी केन्द्र सिन्धुलीले विशाल–कुमार स्मृति दिवस मनायो
सिन्धुली– माओवादी केन्द्र सिन्धुलीले विशाल कुमार स्मृति दिवस आइतवार सिन्धुलीको मरिण गाउँपालिकामा विभिन्न कार्यक्रम गरी मनाएको छ ।
विशाल–कुमार स्मृति दिवसको दिन आइतवार माओवादी केन्द्र मरिण गाउँपालिका अन्तर्गत जनवर्गिय संगठनको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । आइतवार वाइसिएल,अखिल नेपाल टे«ड युनियन महासंघ मरिण,अखिल नेपाल महिला संघ मरिण,अखिल नेपाल किसान महासंघ मरिणको नयाँ कार्यसमिती चयनका साथैे सपथ ग्रहण सम्पन्न भएको छ ।
वाइसिएल नेपाल मरिणमा सोम बहादुर बम्जनको अध्यक्षतामा ६८ सदस्यीय कार्यसमिती चयन भएको छ । जसमा उपाध्यक्षमा अशोक बम्जन, टिकाराम स्याङ्तान सचिव, बिर्ख मुक्तान कोषाध्यक्ष र सागर थिङ सहसचिवमा चयन हुनुभएको छ ।
त्यस्तै अखिल नेपाल ट्रेड युनियनको महांसंघ मरिणको अध्यक्षतामा सागर गुर्माछान चयन हुुनुभएको छ । जसमा उपाध्यक्षतामा रुपक अस्तानि, सचिवमा बेनि बहादुर मुक्तान,कोषाध्यक्षमा दिनेश माझी, सहसचिवमा लहरमान माझि सहित ४८ सदस्यीय कार्यसमिती गठन गरिएकोछे ।
त्यस्तै अखि नेपाल महिला संघ मरिणको अध्यक्षमा सुनिता माझि चयन हुनुभएको छ । जसमा उपाध्यक्षमा लक्ष्मि मगर,सचिवमा सर्मिला माझि, कोषाध्यक्षमा डम्बर कुमारि गुर्माछान, सहसचिवमा अबिना बिक सहित ४८ सदस्यीय कार्यसमिती गठन गरिएको छ ।
अखिल नेपाल किसान महासंघ मरिणमा रमेश पुलामिको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरिएको छ । जसमा उपाध्यक्ष सिताराम बिक,सचिवमा पुर्ण बहादुर माझि,सहसचिवमा शेर बहादुर योन्जन सहित ५३ सदस्यीय कार्यसमिती चयन गरिएको छ ।
कार्यक्रममा बोल्नुहुदै पूर्व कृषि मन्त्री गजुरेलले शहिदले देखाएको बाटो हिड्नु हाम्रो दायित्व रहेको बताउनुभयो । आफू शहिद भएर माओवादी पार्टीलाई बचाएको उहाँले बताउनु भयो ।
उहाँले मरिण माओवादीको किल्ला भएकाले एमाले र काँग्रेसको जस्तो ब्यवहार त्यागेर माओवादीको ब्यवहार गर्ने अनुरोध गर्नुभएको छ । माओवादी हरेक जनताको सारथि बन्नु पर्दछ, पिडितको सारथि बन्नु पर्दछ अनि कसैको दमनकारी ब्यवहार सहेर बस्न नहुँने उहाँले बताउनु भयो ।
माओवादी केन्का बागमति प्रदेश सदस्य तथा जिल्ला पार्टी इन्चार्ज लेखनाथ दाहाल (राजन)ले माओवादी द्रपार्टि पहिले पनि पहिलो पार्टी थियो र अहिले पनि पहिलो पार्टी नै रहेको बताउनु भयो । उहाँले संगठन बनाएर माओवादी पार्टी अघि बढ्नुपर्ने बताउँदै अब माओवादीका भातृ संगठनलाई उर्जाको साथ अगि बढ्न अनुरोध गर्नुभयो ।
कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा पूर्व कृषि मन्त्री हरिबोल गजुरेलको प्रमुख आथिथ्यता तथा नेपाल माओवादी केन्द्र मरिणका अध्यक्ष गोपाल बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्जार्ज तथा बागमति प्रदेश सदस्य लेखनाथ दाहाल (राजन), बागमति प्रदेश सदस्य बसन्त माझी, माओवादी केन्द्रका सिन्धुली जिल्ला सम्योजक राम कुमार पौडेल, मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जन,सुनकोशि गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहाल, माओवादी केन्द्र सिन्धुलीका स्कुल विभाग प्रमुख पुकार न्यौपाने लगाायतको उपस्थित रहेको थियो । कार्यक्रमको अबसरमा मरिणमा विशाल र्यालीको प्रदर्शन गरिएको थियो ।