शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि घट्यो सुनको मूल्य

बिहिवार , भाद्र १७, २०७८

काठमाडौं - केहि दिनदेखि नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार मा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो । बुधबार पनि सुनको मूल्य तोलामा दुई सयले घटेको थियो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ३ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य १२९५ मा कारोबार भएकोमा आज बढेर तोलामा १२०५ कायम गरिएको महासंघले जनाएको छ ।

सिन्धुलीका पहिरो पिडितलाई रातपरेपछि बासको चिन्ता

सिन्धुली – “आज पनि पानी पर्‍यो, सबै सामान पानीले भिजाइ हाल्यो ।” हतार हतार सामान उठाउँदै हुनुहुन्थ्यो कमलामाई नगरपालिका ११ फिटिङ्ग स्थित बिपि राजमार्गको छेउमा चटपटे बेच्दै गर्नुभएको भिममायाँ वाइबा । पहिरोले घर सहित पसल भत्किाएपछि राजमार्ग छेउमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले उपलब्ध गराएको त्रिपाल टाँगेर चटपटे बेच्दै गर्नु भएको भिममायाँलाई पानी पर्ने वित्तिकै सामान जोगान समस्या भएको छ ।

“त्रिपालबाट सबै पानी चुहि हाल्यो, कहाँ लगेर राख्ने होला यो सामान ।” हतार हतार सामान पोको बनाउदै गर्नु भएको भिममायाँले भन्नुभयो, “घरमा जाउँ भने घर बस्न नहुनी छ ।” कमलामाई नगरपालिका ११ फिटिङ्ग बस्दै आउनु भएको भिममायाँको भदै ११ गते राती घरमाथिबाट पहिरो खसेर घरसहित पसल पुर्ण क्षेती भयो । आम्दानीको मुख्य स्रोत पसल पहिराले सबै भत्किाएपछि राजमार्ग छेउमा त्रिपाल टाँगेर चटपटे लगाएत किरानाको सामान बेच्न थालेको उहाँ सुनाउनु हुन्छ । “घरमा कमाउने कोही हुनुहुन्न, श्रीमान ८ वर्ष पहिले नै बित्नुभयो । छोराछोरी पढाउन, घर खर्च सबै पसलबाट हो ।”

भिममायाँले भन्नुभयो, “पसल नै सबै पहिराले भत्काएपछि दैनिक छाक टार्न समस्या भएको छ । ” पाँच दिन देखि आफन्तको आश्रय लिएर बस्नु भएको भिममायाँ दिनमा राजमार्ग छेउमा चटपटे बेच्न बस्नु हुन्छ । “पानी आउने बित्तिकै सबै सामान भिजाइ हाल्छ । सामान भिजेपछि सबै विग्रिन्छ ।” पानीले भिज्दै गरेको चटपटे भुजा देखाउँदै उहाँले भन्नुभयो, “अब यो के काम , उल्टै घाटा भयो ।” एकातिर घर भत्किएको चिन्ता अर्को तिर दैनिक कसरी छार्क टार्न भन्ने चिन्ताले रातको निद्रा समेत हराउने गरेको भिममायाँ गुनासो गर्नु हुन्छ । “रात परेपछि कहाँ बास बस्न जाने भन्ने चिन्ता हुन्छ । के खाने भन्ने चिन्ता हुन्छ ।” आखाँभरि आसु बनाउदै भिममायाँले भन्नुभयो, “दिनमा त यसरी रोड छेउ बसेर कट्छ । खान र बस्न चाहि समस्या नै हुन्छ ।”

अस्थायी बासको व्यवस्था मिलाइ दिन वडा अध्यक्षलाई बारम्बार आग्रह गर्दा समेत वेवस्ता गरेको उहाँले बताउनु हुन्छ । “अस्थायी बासको व्यवस्था गरि दिन वडा अध्यक्षलाइ पनि भने, तर उहाँले हाम्रो समस्या बुझ्नु हुन्न ।” आखाँबाट आसु बगाउँदै उहाँ भन्नुहुन्छ , “वडा अध्यक्षले उल्टै आफु बस्ने व्यवस्था आफै मिलाउने हो भन्नुहुन्छ । ” फिटिङ्गमा ११ घरपरिवार पहिरोको जोखिममा छन् । हाल सम्म उनीहरुलाई सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाइएको छैन । ठुलो पानी परेमा जुनकुनै बेला माथिबाट पहिरो खसेर जनधनको क्षेती हुने स्थानिय बताउँ छन् ।

यता प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले पहिरो पिडितलाइ दैनिक छाक टार्नकै लागि समस्या भए जिल्ला प्रशासन कार्यालयमा सम्र्पक गर्न आग्रह गर्नुभयो । जिल्ला विपद व्यवस्थापन समितिमा पिडितलाई खाद्यन्नको प्याकेज रहेको उहाँले बताउनुभयो । यस्तै घर पुर्ण रुपमा क्षेती भएको भए सबै प्रमाण सहित घरको फोटो लिएर आएमा तत्काल २० हजार उपलब्ध गराउने उहाँले बताउनुभयो । साथै पहिरोले घर आशिंक क्षेती भएको भए प्रमाण सहित घरको फोटोे लेर आए तत्काल १० हजार उपलब्ध गराउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया