काठमाडौं १५ भदौ- नेपाली बजारमा सुनको मूल्य आज मंगलबार घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ७ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १२१० मा कारोबार भएकोमा आज पनि घटेर तोलामा १२०५ कायम गरिएको महासंघले जनाएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,१५ भदौ – नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११६रुपैयाँ ९२ पैसा र विक्रीदर ११७ रुपैयाँ ५२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र विक्रीदर १३८ रुपैयाँ ५१ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ७८ पैसा र विक्रीदर १६१ रुपैयाँ ६० पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२७ रुपैयाँ ८० पैसा र विक्रीदर १२८ रुपैयाँ ४५ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २५ पैसा र विक्रीदर ८५ रुपैयाँ ६९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९२ रुपैयाँ ७० पैसा र विक्रीदर ९३ रुपैयाँ १८ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६४ पैसा र विक्रीदर १० रुपैयाँ ७० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ०८ पैसा र विक्रीदर १८ रुपैयाँ १७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ १७ पैसा र विक्रीदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र विक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६० पैसा र विक्रीदर ३ रुपैयाँ ६२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८३ पैसा र विक्रीदर ३१ रुपैयाँ ९९ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ १३ पैसा र विक्रीदर २८ रुपैयाँ २७ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८६ रुपैयाँ ८७ पैसा र विक्रीदर ८७ रुपैयाँ ३२पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ ०१ पैसा र विक्रीदर १५ रुपैयाँ ०९ पैसा रहेको छ ।