काठमाडौं १३ भदौ - नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार एक सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य १२०० मा कारोबार भएकोमा आज पनि बढेर तोलामा १२१० कायम गरिएको महासंघले जनाएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,१३ भदौ – नेपाल राष्ट्र बैंकका अनुसार आज आइतवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११७ रुपैयाँ ६० पैसा र विक्रीदर ११८ रुपैयाँ २० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ २७ पैसा र विक्रीदर १३८ रुपैयाँ ९७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ २९ पैसा र विक्रीदर १६२ रुपैयाँ १२ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ २० पैसा र विक्रीदर १२८ रुपैयाँ ८५ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५रुपैयाँ ३७ पैसा र विक्रीदर ८५ रुपैयाँ ८१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९२ रुपैयाँ ८५पैसा र विक्रीदर ९३ रुपैयाँ ३३ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६८ पैसा र विक्रीदर १० रुपैयाँ ७४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १५ पैसा र विक्रीदर १८ रुपैयाँ २५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ३६ पैसा र विक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र विक्रीदर ३२ रुपैयाँ ०० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६० पैसा र विक्रीदर ३ रुपैयाँ ६२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ०२ पैसा र विक्रीदर ३२ रुपैयाँ १८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०७ पैसा र विक्रीदर २८ रुपैयाँ २१ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ०६ पैसा र विक्रीदर ८७ रुपैयाँ ५१पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ १० पैसा र विक्रीदर १५ रुपैयाँ १७ पैसा रहेको छ ।