काठमाडौं १० भदौ- नेपाली बजारमा सुनको मूल्यमा आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो । बुधबार पनि सुनको मूल्य तोलामा तीन सयले घटेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ६ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १२१० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,१० भदौ – नेपाल राष्ट्र बैंकका अनुसार आज बिहिवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ५० पैसा र विक्रीदर ११९ रुपैयाँ १० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९रुपैयाँ १६ पैसा र विक्रीदर १३९ रुपैयाँ ८७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ५५ पैसा र विक्रीदर १६३ रुपैयाँ ३८ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ६६ पैसा र विक्रीदर १३० रुपैयाँ ३२ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०१ पैसा र विक्रीदर ८६ रुपैयाँ ४४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ९२ पैसा र विक्रीदर ९४ रुपैयाँ ४० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ७९ पैसा र विक्रीदर १० रुपैयाँ ८४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३० पैसा र विक्रीदर १८ रुपैयाँ ३९ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६० पैसा र विक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र विक्रीदर ३२ रुपैयाँ ७१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र विक्रीदर ३२ रुपैयाँ ४२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ १८ पैसा र विक्रीदर २८ रुपैयाँ ३२ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ५५ पैसा र विक्रीदर ८७ रुपैयाँ ९९पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ २२ पैसा र विक्रीदर १५ रुपैयाँ ३० पैसा रहेको छ ।