काठमाडौं ०७ भदौ- नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार छ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य ११८० मा कारोबार भएकोमा आज बढेर तोलामा ११९० कायम गरिएको महासंघले जनाएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,०७ भदौ – नेपाल राष्ट्र बैंकका अनुसार आज सोमवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७२ पैसा र विक्रीदर ११९ रुपैयाँ ३२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ८७ पैसा र विक्रीदर १३९ रुपैयाँ ५७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ७३ पैसा र विक्रीदर १६२ रुपैयाँ ५४ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ४४ पैसा र विक्रीदर १३० रुपैयाँ १० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४रुपैयाँ ८७ पैसा र विक्रीदर ८५ रुपैयाँ १३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९२ रुपैयाँ ५८ पैसा र विक्रीदर ९३ रुपैयाँ ०५ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ८१ पैसा र विक्रीदर १० रुपैयाँ ८७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २६ पैसा र विक्रीदर १८ रुपैयाँ ३५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६६ पैसा र विक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४१ पैसा र विक्रीदर ३२ रुपैयाँ ५७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५६ पैसा र विक्रीदर ३ रुपैयाँ ५८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा र विक्रीदर ३२ रुपैयाँ ४९ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०२ पैसा र विक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ १४ पैसा र विक्रीदर ८७ रुपैयाँ ५८पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ २४ पैसा र विक्रीदर १५ रुपैयाँ ३२ पैसा रहेको छ ।