शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य बढ्यो , तोलामा कति पुग्यो ?

आइतवार , श्रावण ३१, २०७८

काठमाडौं ३१ साउन -नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा एक हजारले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार २ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य ११८५ मा कारोबार भएकोमा आज बढेर तोलामा १२०५ कायम गरिएको महासंघले जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं,३१ साउन – नेपाल राष्ट्र बैंकका अनुसार आज आइतवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ५० पैसा र विक्रीदर ११९ रुपैयाँ १० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ २१ पैसा र विक्रीदर १३९ रुपैयाँ ९२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ५४ पैसा र विक्रीदर १६४ रुपैयाँ ३७ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ५२ पैसा र विक्रीदर १२९ रुपैयाँ १७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०१ पैसा र विक्रीदर ८७ रुपैयाँ ४५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ६७ पैसा र विक्रीदर ९५ रुपैयाँ १५ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ७४ पैसा र विक्रीदर १० रुपैयाँ ८० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २८ पैसा र विक्रीदर १८ रुपैयाँ ३७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६० पैसा र विक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र विक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५६ पैसा र विक्रीदर ३ रुपैयाँ ५७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र विक्रीदर ३२ रुपैयाँ ४२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ९६ पैसा र विक्रीदर २८ रुपैयाँ ११ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ २३ पैसा र विक्रीदर ८७ रुपैयाँ ६७पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ २२ पैसा र विक्रीदर १५ रुपैयाँ ३० पैसा रहेको छ ।

प्रतिक्रिया