काठमाडौं , २९ साउन - नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो । बिहिबार सुनको मूल्य तोलामा ६ सयले बढेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ७ सय रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार २ सय ५० रहेको छ ।त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य ११९० मा कारोबार भएकोमा आज घटेर तोलामा ११८५ कायम गरिएको महासंघले जनाएको छ ।
सिन्धुलीमा फजुल खर्च नियन्त्रण गर
स्थानिय तहमा राज्यको सम्पत्ति दुरुपयोग गर्दै मनलाग्दी खर्च गर्ने प्रवृद्धिले बढावा पाएको छ । सिन्धुलीमा पनि अनावश्यक भ्रमण, निजि संस्थालाई पोस्ने कार्यक्रम, व्यक्ति विशेषलाई लक्षित पुर्वाधार निर्माण लगायत विभिन्न बाहानामा राज्यको ढुकुटि रित्याउने काम भएका छन् । पछिल्लो समय भ्युटावरको नाममा नागरिकबाट उठेको पैसा खर्च भइरहेको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन भइरहने र दृश्यपनि रमाईलो देखिने ठाउँमा भ्युटावर निर्माण हुनु पर्यटकिय विकासकालागि राम्रै कदम हो । तर, जंगलको बिचमा न कुनै दृश्य देख्न सकिने न त्यहाँ कोहि पर्यटक आउने, त्यस्ता ठाउँम समेत भ्युटावर निर्माण भएको छ ।
तसर्थ, नागरिकले तिरेको राजश्वबाट अनावश्यक खर्च नगर्न स्थानिय सरकारको ध्यान जान आवश्यक छ । त्यसैगरि, प्रतिपक्ष दल लगायत सरोकारवाला निकायले पनि जिल्लामा भएका फजुल खर्चप्रति औँला उठाउन हिच्किचाहट मान्नुहुदैँन । प्रतिपक्ष बलियो हुँदा सत्तापक्षले अनियमितता लगायत अनावश्यक काम गर्न मुश्किल हुन्छ । तसर्थ, प्रतिपक्ष लगायत सरोकारवाला निकाय थप जिम्मेवार हुँदै सत्तापक्षका नराम्रा कदमप्रति सजग गराउन केन्द्रित हुनुपर्दछ ।
सिन्धुलीमा केहि जनप्रतिनिधिहरु निर्वाचित भएपछि सुविधाभोगि भएको नागरिकको गुनासो छ । अनुचित भ्रमण गर्ने, नेता कार्यकर्ता पोस्ने, आफ्नालाई सरकारी सुविधामा प्राथमिकता दिने, सम्पत्ति थुपार्ने लगायत विभिन्न आरोपहरु जिल्लाका जनप्रतिनिधिहरुलाई लाग्दै आएको छ । त्यसैले, जनप्रतिनिधिहरु सुविधाभोगी भन्दा पनि नागरिकको सुविधाका लागि बढि केन्द्रित हुन जरुरी छ । अतः फजुल खर्च नियन्त्रणमा जिम्मेवार सबै निकाय गम्भिर भएर अघि बढ्न आवश्यक छ ।