शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य बढ्यो , तोलामा कति पुग्यो ?

बिहिवार , श्रावण २८, २०७८

काठमाडौं २८ साउन- नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८८ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो । बुधबार सुनको मूल्य तोलामा चार सयले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार ९ सय ५० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य ११९० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं,२८ साउन – नेपाल राष्ट्र बैंकका अनुसार आज बिहिवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ८० पैसा र विक्रीदर ११९ रुपैयाँ ४० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ १३ पैसा र विक्रीदर १३९ रुपैयाँ ८३ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ०५ पैसा र विक्रीदर १६४ रुपैयाँ ८८ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ६५ पैसा र विक्रीदर १२९ रुपैयाँ ३० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०७ पैसा र विक्रीदर ८७ रुपैयाँ ५१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ७२ पैसा र विक्रीदर ९५रुपैयाँ २० पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ७३ पैसा र विक्रीदर १० रुपैयाँ ७८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र विक्रीदर १८ रुपैयाँ ४१ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६८ पैसा र विक्रीदर ३१ रुपैयाँ ८४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र विक्रीदर ३२ रुपैयाँ ७९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५६ पैसा र विक्रीदर ३ रुपैयाँ ५८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा र विक्रीदर ३२ रुपैयाँ ५१ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०२ पैसा र विक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ भने आज सिंगापुर डaलरको एकको खरिददर ८७ रुपैयाँ ३६ पैसा र विक्रीदर ८७ रुपैयाँ८० पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ २७ पैसा र विक्रीदर १५ रुपैयाँ ३४ पैसा रहेको छ ।

 

प्रतिक्रिया