काठमाडौं २७ साउन – नेपाली बजारमा सुनको मूल्यमा आज गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार दुई सयमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो । मंगलबार सुनको मूल्य तोलामा दुई सयले बढेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार तीन सय ५० रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १२०५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला ११९० कायम गरिएको महासंघले जनाएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,२७ साउन – नेपाल राष्ट्र बैंकका अनुसार आज बुधवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७८ पैसा र विक्रीदर ११९ रुपैयाँ ३८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ २८ पैसा र विक्रीदर १३९ रुपैयाँ ९८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ६३ पैसा र विक्रीदर १६४ रुपैयाँ ४६ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ९० पैसा र विक्रीदर १२९ रुपैयाँ ५५ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १८ पैसा र विक्रीदर ८७ रुपैयाँ ६२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ४८ पैसा र विक्रीदर ९४ रुपैयाँ ९६ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ७५ पैसा र विक्रीदर १० रुपैयाँ ८१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र विक्रीदर १८ रुपैयाँ ४२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६७ पैसा र विक्रीदर ३१ रुपैयाँ ८३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र विक्रीदर ३२ रुपैयाँ ७९ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५५ पैसा र विक्रीदर ३ रुपैयाँ ५७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा र विक्रीदर ३२ रुपैयाँ ५० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०९ पैसा र विक्रीदर २८ रुपैयाँ ३ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ४६ पैसा र विक्रीदर ८७ रुपैयाँ ९० पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ २६ पैसा र विक्रीदर १५ रुपैयाँ ३४ पैसा रहेको छ ।