काठमाडौं २५ साउन - केहिदिदेखि नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजारमा कारोबार भएकोमा आज तोलामा एक हजारले घटेको हो । आइतबार पनि सुनको मूल्य तोलामा १५ सयले घटेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार पाँच सय ५० रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १२४० मा कारोबार भएकोमा आज घटेर प्रतितोला १२१५ कायम गरिएको महासंघले जनाएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,२५ साउन – नेपाल राष्ट्र बैंकका अनुसार आज सोमवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ३६ पैसा र विक्रीदर ११८ रुपैयाँ ९६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ २१ पैसा र विक्रीदर १३९ रुपैयाँ ९१ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ २१ पैसा र विक्रीदर १६५ रुपैयाँ ०४ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२९रुपैयाँ ४१ पैसा र विक्रीदर १३० रुपैयाँ ०७ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०६ पैसा र विक्रीदर ८७ रुपैयाँ ५० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ३३ पैसा र विक्रीदर ९४ रुपैयाँ ८० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ७३ पैसा र विक्रीदर १० रुपैयाँ ७९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २६ पैसा र विक्रीदर १८ रुपैयाँ ३५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ५६ पैसा र विक्रीदर ३१ रुपैयाँ ७२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा र विक्रीदर ३२ रुपैयाँ ४८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५४ पैसा र विक्रीदर ३ रुपैयाँ ५६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र विक्रीदर ३२ रुपैयाँ ४८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०५ पैसा र विक्रीदर २८ रुपैयाँ २० पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ३९ पैसा र विक्रीदर ८८ रुपैयाँ ८३ पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ २१ पैसा र विक्रीदर १५ रुपैयाँ २९ पैसा रहेको छ ।