शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

शुक्रवार , श्रावण २२, २०७८

काठमाडौं २२ साउन - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएकोमा आज तोलामा पाँच सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १२७५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला १२६५ कायम गरिएको महासंघले जनाएको छ ।

सिन्धुलीमा पहिरोले पाइप बगाउँदा खानेपानीको समस्या

सिन्धुली– कमलामाई नगरपालिका ४ नेवानी खहरेको पहिरोले खानेपानीको पाइप बगाएसँगै स्थानियलाई पानीको समस्या भएको छ । नेवानी खहरेको खानेपानी मुहान नजिकैको पाइप पहिरोले बगाएपछि धाराभञ्ज्याङ, देउराली, जामुनटार लगाएतका लगभग १ सय घरपरिवारलाई खानेपानीको समस्या भएको हो ।

खानेपानीको पाइप पहिरोले बगाएको कारण १ महिना देखि आधि घण्टाको बाटो हिडेर पानी ल्यानु परेकोे स्थानियले गुनासो गरेका छन् । ‘अविरल वर्षाको कारण असार २० गते आएको बाढीले सबै पाइप बगायो । त्यसपछि सबै मिलेर पाइप बनाएको थियाँै ।’ स्थानिय सम्भु आछामीले भन्नुभयो, ‘खोलाको छेउमा पाइप भएकाले बाढी आउने वित्तिकै पाइप बगाउँ छ । सधै जसो पानी बनाउन धाइ रहनु पर्छ । ’ हाल मुहान नजिकको पाइप नै पहिरोले बगाएको छ । वर्षाको समयमा बाढीले पाइप बगाउँदा आधि घण्टा हिडेर पानी लिन जानु पर्ने स्थानिय आछामी बताउनु हुन्छ । ‘यो साल पनि असार सुरु हुने वित्तिकै वाढीले पाइप बगायो ।

१ महिना भइसक्यो आधि घण्टाको बाटो हिडेर पानी लिन जानु पर्छ ।’ उहाँले भन्नुभयो, ‘पानी नहुदाँ नुहाउन र लुगा धुन नपाएको पनि एक महिना हुन लाग्यो । धेरै नि समस्या भएको छ । ’ उक्त खानेपानी उपभोक्ता समितिलाई बाम्बार जानकारी गराउँदा समेत कुनै पहल नभएको स्थानियले बताएका छन् । घर नजिकै रहेको धारामा पानी आउन छाडेपछि कुलो तथा खोल्सीको दूषित पानीलाई नै दैनिक उपभोग गर्नु परेको स्थानिय मान कुमारी वुढाथोकीले गुनासो गर्नु भयो ।

‘एक महिना भइसक्यो पानी आउने जाने गरेको । बनाएको दिन २ दिन जति आउ छ, त्यसपछि फेरि कहिले बाढीले कहिले पहिरोले पाइपनै बगाउँ छ ।’ स्थानिय मान कुमारीले भन्नुभयो, ‘यहि कुलोमा आएको पानी नुहाउन, लुगा धुन प्रयोग गर्ने गरेको छ । के गर्नु यहि कुलोको पानी खानु पर्ने अवस्था आइसक्यो ।’ धारामा पानी नआउँदा घण्टै पालो कुरेर पानी ल्याउनु परेको स्थानिय सिता कार्कीले गुनासो गर्नु भयो ।

‘यहाँ पानी नआउँदा पल्लो गाउँको धारामा पानी लिन जानु पर्छ । हाम्रो गाउँका सबै त्यहि धारामा पानी भर्न जाने गरेकाले विहान भरि पालो कुर्नु पर्छ ।’ उहाँले भन्नुभयो, ‘हिउँदको समयमा खोलामा नै पानी सुकेर पानीको समस्या हुन्छ भने अहिले वर्षामा बाढिले सबै बगाउँ छ।’ पानी नहुदाँ नुहाउन, लुगाधुन, बस्तुभाउलाई खुवाउन समस्या परेको उहाँले बताउनुभयो । नेवारी खहरे खानेपानी उपभोक्ता समिति व्यवस्थित नभएकाले यस्तो समस्या भएको स्थानिय श्याम लामिछानेले बताउनुभयो ।

अहिले समिति नै अध्यक्ष विहिन भएकाले समस्या समाधानको लागि केहि पहल हुन नसकेको उहाँको भनाइ छ । साथै उहाँले स्थानिय सबै मिलेर नगरपालिकामा खानेपानीको पहलका लागि जाने तयारी भएको बताउनुभयो ।

यता कमलामाई नगरपालिका ४ का वडा अध्यक्ष महेन्द्र ढकालले भने स्थानियले आफुलाइ जानकारी नगराएको बताउनुभयो । उहाँले क्षेती भएको विवरण सहित निवेदन लिएर वडा कार्यालय आउन स्थानियलाई अनुरोध गर्नु भयो ।

प्रतिक्रिया