शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कति छ आज सुनको मूल्य ?

बिहिवार , श्रावण २१, २०७८

काठमाडौं २१ साउन - नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएकोमा आज पनि सोहि मूलय कायम गरिएको हो । बुधबार भने सुनको मूल्यमा तीन सयले गिरावट आएको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार पाँच सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य १२८५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला १२७५ कायम गरिएको महासंघले जनाएको छ ।

सिन्धुली जिल्ला अदालतमा एक वर्षको अवधिमा ५ सय भन्दा वढि मुद्धा दर्ता

सिन्धुली– सिन्धुली जिल्ला अदालतमा एक वर्षको अवधिमा ५ सय भन्दा वढि मुद्धा दर्ता भएको छ । आर्थिक वर्ष २०७७\७८ मा ५ सय ९६ वटा मुद्धा दर्ता भएको सिन्धुली जिल्ला अदालतले बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । आर्थिक वर्ष ०७७\७८ मा ४ वटा रिट मुद्धा रहेका छन् ।

यस्तै आर्थिक वर्ष २०७७/७८ मा ५ सय ९३ वटा मुद्धा र ३ वटा रिट गरि जम्मा ५ सय ९६ नयाँ मुद्धा थप भई जम्मा लगत ९ सय ५८ वटा रहेको अदालतले जनाएको छ । जसमा ३ सय ३८ वटा मुद्धा फर्छाैट भएको र ६ सय २० वटा मुद्धा फर्छाैट हुन बाकिँ रहेको छ । न्याय पालिकाको पञ्च वर्षिय रणनिति योजना अनुसार वार्षिक कार्ययोजनामा फैसला गर्नुपर्ने लक्ष्य ६ सय २६ भएकोमा ३ सय ३८ वटा मुद्धा फर्छाैट भई लक्ष्यको तुलनामा ५३.९९ प्रतिशत मुद्धा फर्छाैट भएको छ ।

२०७७ श्रावन १ गतेबाट लागु भएको मुद्धा नयाँ पद्धती लागु गरि व्यवस्थापन गरिएको छ । जसमा सरल मार्ग तर्फ ४ सय ७ वटा दर्ता भएकोमा १ सय ३७ फर्छाैट भई २ सय ७० वटा बाकी रहेको छ । सामान्य मार्ग तर्फ १ सय ७२ वटा दर्ता भएकोमा २२ वटा फर्छाैट भई १ सण्य ५० वटा बाकी रहेको छ भने विशेष मार्ग तर्फ १६ वटा मुद्धा दर्ता भएको छ । यस्तै बन्दी प्रत्यक्षीकरणको निवेदन एउटा परि फर्छाैट भएको छ ।

दुई वर्ष नाघेको मुद्धा ५५ वटा, थुनुवा मुद्धा संख्या ८४ वटा, वालवालिका पक्ष भएका मुद्धा जम्मा २३ थान भएकोमा ४ थान फर्छाैट भई १९ वटा मुद्धा बाँकी रहेको छ । महिला पिडित भएको मुद्धा २ सय ३९ वटा रहेकोमा १ सय २ वटा फर्छाैट भई १ सय ३७ वटा बाकि रहेको छ भने जेष्ठ नागरिक पक्षमा भएको मुद्धा १६ वटा रहेकोमा जम्मा ७ थान फर्छाैट भई बाकि ९ वटा रहेको छ । आर्थिक वर्ष २०७७\७८ मा सम्बन्ध विच्छेदको मुद्धा १ सय ४८ दर्ता भएकोमा ८६ वटा फर्छाैट भई ६२ वटा बाकी रहेको अदालतले जनाएको छ ।

जिल्ला अदालतमा आर्थिक वर्ष २०७६\०७७ मा जिम्मेवारी सरिआएको मुद्धा ३ सय ५८, जिम्मेवारी सरि आएको पुनरावेदनको मुद्धा र जिम्मेवारी सरि आएको रिट निवेदक मुद्धा संख्या ४ गरि जम्मा ३ सय ६२ वटा मुद्धा दायर भएको छ ।

यस्तै फैसला कार्यान्वयनको लागि जम्मा १ सय १३ वटा निवेदन परेकोमा ५५ वटा निवेदन फर्छाैट भएको र ५८ वटा निवेदन बाकी रहेको छ ।

प्रतिक्रिया