शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज घट्यो सुनको मूल्य

बुधवार , श्रावण २०, २०७८

काठमाडौं २० साउन - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो । मंगलबार भने सुनको मूल्य स्थिर रहेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार पाँच सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य १२७५ मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२८५ कायम गरिएको महासंघले जनाएको छ ।

सिन्धुलीमा १ अर्ब १९ करोड भन्दा वढि रकम फ्रिज

सिन्धुली– सिन्धुलीमा १ अर्ब १९ करोड भन्दा वढि रकम फ्रिज भएको छ । आर्थिक वर्ष ०७७/७८ मा जिल्लामा १ अर्ब १९ करोड ९० लाख १५ हजार रकम फ्रिज भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार जिल्लामा संघीय सरकारको बजेटबाट ७२ करोड २९ लाख ५८ हजार र प्रदेश सरकारको ४७ करोड ६० लाख ५७ हजार फ्रिज भएको हो ।

आर्थिक वर्ष ०७७\७८ मा संघिय कार्यालयहरु मार्फत सिन्धुली जिल्लामा चालुतर्फ ७ अर्ब ६१ करोड ६१ लाख ६१ हजार र पूँजीगत तर्फ ८१ करोड ४३ लाख ७९ हजार बजेट विनियोजन भएको थियो । सोमध्य चालुतर्फ ६ अर्व ९७ करोड २६ लाख ६८ हजार र पूँजीगत तर्फ ७३ करोड ४९ लाख १४ हजार खर्च भएको छ । संघिय बजेटको चालुतर्फबाट ९१.५५ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीका प्रमुखले बताउनुभयो । उहाँका अनुसार संघिय सरकारको पूँजीगत तर्फ ९०.२४ प्रतिशत खर्च भएको छ ।

संघिय सरकारको चालुतर्फ ७ अर्ब ६१ करोड ६१ लाख ६१ हजार बजेट विनियोजन भएको थियो जसमा ६ अर्व ९७ करोड २६ लाख ६८ हजार खर्च भएको छ । संघिय बजेटको पूजीगत तर्फ ८१ करोड ४३ लाख ७९ हजार बजेट विनियोजन भएकोमा ७३ करोड ४९ लाख १४ हजार मात्र खर्च भएको छ । यस्तै प्रदेशको चालुतर्फ १ अर्ब ९ करोृड ३७ लाख ५८ हजार बजेट विनियोजन भएको थियो । जसमा खर्च ७५ करोड ७३ लाख ६३ हजार खर्च भएको छ । यो ६७.२४ प्रतिशत खर्च हो । पूँजीगत तर्फ १ अर्ब ८ करोड ४५ लाख ४१ हजार बजेट विनियोजन भएको थियो । जसमा खर्च ९४ करोड ४८ लाख ७९ हजार खर्च भएको छ । यो ७७.१२ प्रतिशत खर्च हो ।

आर्थिक वर्ष ०७७/७८ मा संघीय तर्फ जिल्लामा ५० करोड २८ लाख १५ हजार राजश्व संकलन भएको छ । गत आर्थिक वर्ष ०७६÷७७ मा ३५ करोड १५ लाख २३ हजार राजश्व संकलन भएको थियो । आर्थिक वर्ष ०७७/७८ मा प्रदेश तर्फ १३ करोड ७ लाख ८४ हजार राजश्व संकलन भएको छ गत आर्थिक वर्ष ०७६/७७ मा भने ३ करोड ९६ लाख ८६ हजार राजश्व संकलन भएको थियो ।

जिल्लाको नौ वटा स्थानिय तह र कोलेनिकामा संघीय सरकारबाट चालुतर्फ ३ अर्ब ७६ करोड ३२ लाख १८ हजार बजेट विनियोज भएको छ । जसमा ३ अर्ब ४१ करोड ९७ लाख खर्च भएको छ । नौ वटा स्थानिय तहमा करिब ३५ करोड बजेट फ्रिज भएको छ ।

प्रतिक्रिया