काठमाडौं , ०६ साउन- नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार २ सयमा कारोबार भएकोमा आज तोलाामा सात सयले घटेको हो । मंगलबार सुनको मूल्य तोलामा चार सयले बढेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य ९२ हजार रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १३८० मा कारोबार भएकोमा आज घटेर तोलामा १२६० कायम गरिएको महासंघले जनाएको छ ।
सिन्धुलीमा पर्यटनको संभावना
सिन्धुलीमा पर्यटन क्षेत्रको विकास गर्न सके देशकै पर्यटकिय जिल्लाका रुपमा स्थापित गराउन प्रचुर संभावना रहेको छ । शक्तिशालि ब्रिटिस सेनालाई पहिलो पल्ट हराएको स्थान सिन्धुलीमा पर्दछ । वीर गोर्खाली फौजले अंग्रेजी सेनालाई हराएको सिन्धुलीगढी क्षेत्र ऐतिहासिक विरता बोकेको स्थल हो । सिन्धुलीगढी दरबारको पुननिर्माणका कामहरु धमाधम भइरहेको छ । युद्ध संग्रहालय निर्माण देखि दरबार क्षेत्रको समग्र विकासका कामहरु भइरहेको छ । ऐतिहासिक सिन्धुलीगढी विश्वले चिन्नुपर्ने स्थल हो । विश्वस्तरमा सिन्धुलीगढीको प्रचारप्रसार गर्न सके सिन्धुलीको पर्यटन क्षेत्रमा आमुल विकास हुने देखिन्छ । राष्ट्रिय स्तरका संचारमाध्यममा मात्र नभई अन्तर्राष्ट्रिय मिडियामा सिन्धुलीगढीको इतिहास र विरताको कथा प्रकाशन र प्रशारण गर्न स्थानिय सरकार लगायत केन्द्रिय सरकारले पहल गर्ने हो भने ठूलो संख्या सिन्धुलीमा पर्यटक भित्रन सक्छन् । तसर्थ, सिन्धुलीगढीको प्रचारप्रसारकालागि तीनै तहका सरकारले जोड गर्न आवश्यक छ ।
सिन्धुलीगढीमात्र नभएर जिल्लामा रहेका अन्य पर्यटकिय स्थलको इतिहास गौरवशालि छ । हरिहरपुरगढि, विपी राजमार्ग लगायत अन्य थुप्रै भौतिक संरचनाले सिन्धुलीमा पर्यटकलाई आकर्षित गर्न सकिन्छ । सिन्धुलीगढी क्षेत्रको मौसम, एसियाकै सर्वोत्कृष्ट विपी राजमार्ग लगायत अन्य स्थलको प्रचारप्रसार र विकासमा स्थानिय सरकारले प्राथमिकता दिन जरुरी छ । अतः सिन्धुलीको अर्थतन्त्र बलियो बनाउनकालागि पर्यटन क्षेत्रमा तीनै तहका सरकारले विशेष जोड दिन आवश्यक छ ।