काठमाडौं ०५ साउन- नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ८ सयमा कारोबार भएकोमा आज तोलाामा चार सयले बढेको हो । सोमबार पनि सुनको मूल्य तोलामा दुई सयले बढेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य ९२ हजार ७ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य १३९० मा कारोबार भएकोमा आज घटेर तोलामा १२८० कायम गरिएको महासंघले जनाएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,०५ साउन – नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११९ रुपैयाँ ५० पैसा र विक्रीदर १२० रुपैयाँ १० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ७१ पैसा र विक्रीदर १४१ रुपैयाँ ४१ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ८९ पैसा र विक्रीदर १६४ रुपैयाँ ७१ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२९रुपैयाँ ७२ पैसा र विक्रीदर १३० रुपैयाँ ३७ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८६ पैसा र विक्रीदर ८८ रुपैयाँ ३० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ३७ पैसा र विक्रीदर ९४ रुपैयाँ ८४ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ८९ पैसा र विक्रीदर १० रुपैयाँ ९४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५१ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ८६ पैसा र विक्रीदर ३२ रुपैयाँ ०२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र विक्रीदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६४ पैसा र विक्रीदर ३ रुपैयाँ ६६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र विक्रीदर ३२ रुपैयाँ ७० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २९ पैसा र विक्रीदर २८ रुपैयाँ ४३ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ७४ पैसा र विक्रीदर ८८ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ ३२ पैसा र विक्रीदर १५ रुपैयाँ ३९ पैसा रहेको छ ।