काठमाडौं ०४ साउन- आज सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएकोमा आज तोलाामा दुई सयले बढेको हो । आइतबार सुनको मूल्य तोलामा ६ सयले घटेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ९२ हजार ३ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य १३९५ मा कारोबार भएकोमा आज घटेर तोलामा १२९० कायम गरिएको महासंघले जनाएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,०४ साउन – नेपाल राष्ट्र बैंकका अनुसार आज सोमवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११९ रुपैयाँ ०० पैसा र विक्रीदर ११९ रुपैयाँ ६० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ४९ पैसा र विक्रीदर १४१ रुपैयाँ २० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ९१ पैसा र विक्रीदर १६४ रुपैयाँ ७४ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२९रुपैयाँ ४० पैसा र विक्रीदर १३० रुपैयाँ ०६ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १० पैसा र विक्रीदर ८८ रुपैयाँ ५४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ३५ पैसा र विक्रीदर ९४ रुपैयाँ ८२ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ८१ पैसा र विक्रीदर १० रुपैयाँ ८६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र विक्रीदर १८ रुपैयाँ ४६ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ७३ पैसा र विक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र विक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६५ पैसा रहेको छ भने आज यूएई दिराम रियाल एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र विक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २७ पैसा र विक्रीदर २८ रुपैयाँ ४१ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ६८ पैसा र विक्रीदर ८८ रुपैयाँ १२ पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ ३२ पैसा र विक्रीदर १५ रुपैयाँ ३९ पैसा रहेको छ ।
यस्तो छ आजको विदेशी सटही दरः