काठमाडौं,३० असार – साताको तेश्रो दिन बुधवार पनि नेपाली बजारमा फेरी सुनको मूल्य बडेकोे छ । सोमवार २०० रुपैयाले गिरावट आएकोे सुनको मुल्यमा मंगलवार २०० रुपैयाले बृद्वि भएको थियो भने बुधवार थप ३०० रुपैयालेबढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार ९२ हजार २ सय रुपैयाँ कारोवार भएको छापावाल सुन मंगलवार सुनको मुल्य प्रति तोला ९२ हजार ४०० कायम भएको थियो भने आज बुधवार ९२ हजार ७ सय कायम भएको छ । यसैगरी तेजाबी सुनको मुल्य प्रति तोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार, बुधवार चाँदीको मूल्य ५ रुपैयाँले घटेकोे छ । मंगलवार चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भहेकामा बुधवार प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कायम भएको छ ।
डलरको मूल्य घट्यो,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,३० असार – नेपाल राष्ट्र बैंकका अनुसार आज बुधवार अमेरिकी डलरको मुल्य घटेको छ । आज बुधवार एकको खरिददर अधिकतम ११८ रुपैयाँ ९० पैसा र विक्रीदर ११९ रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८० पैसा र विक्रीदर १४१ रुपैयाँ ५१ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ७४ पैसा र विक्रीदर १६५ रुपैयाँ ५७ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ८० पैसा र विक्रीदर १३० रुपैयाँ ४५ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९४ पैसा र विक्रीदर ८९ रुपैयाँ ३९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ २७ पैसा र विक्रीदर ९५ रुपैयाँ ७५ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ७८ पैसा र विक्रीदर १० रुपैयाँ ८४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र विक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ७० पैसा र विक्रीदर ३१ रुपैयाँ ८६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६५ पैसा र विक्रीदर ३२ रुपैयाँ ८१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६५ पैसा र विक्रीदर ३ रुपैयाँ ६७ पैसा रहेको छ भने आज यूएई दिराम रियाल एकको खरिददर ३२ रुपैयाँ ३७ पैसा र विक्रीदर ३२ रुपैयाँ ५३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३६ पैसा र विक्रीदर २८ रुपैयाँ ५१ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र विक्रीदर ८८ रुपैयाँ ३८ पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ
३१ पैसा र विक्रीदर १५ रुपैयाँ ३९ पैसा रहेको छ ।