शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज फेरी बढ्यो सुनचाँदीको मूल्य ?

मंगलवार , आषाढ २९, २०७८

काठमाडौं,२९ असार – साताको तेश्रो दिन मंगलवार नेपाली बजारमा फेरी सुनको मूल्य बडेकोे छ । सोमवार २०० रुपैयाले गिरावट आएकोे सुनको मुल्यमा मंगलवार फेरी २०० रुपैयाले बृद्वि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमवार ९२ हजार २ सय रुपैयाँ कारोवार भएको छापावाल सुन मंगलवारर सुनको मुल्य प्रति तोला ९२ हजार ४०० कायम भएको छ भने तेजाबी सुनको मुल्य ९१ हजार ९ सय रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ ।

महासंघका अनुसार, मंगलवार चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । मंगलवार चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

आज मंगलवार अमेरिकी डलरको भाउ घट्योे ,यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं,२९असार – नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलवार अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ०२ पैसा र विक्रीदर ११९ रुपैयाँ ६२ पैसा कयम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ०७ पैसा र विक्रीदर १४१ रुपैयाँ ७९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ९६ पैसा र विक्रीदर १६५ रुपैयाँ ७९ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ९६ पैसा र विक्रीदर १३० रुपैयाँ ६२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८२ पैसा र विक्रीदर ८९ रुपैयाँ २७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ २८ पैसा र विक्रीदर ९५ रुपैयाँ ७६ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ८१ पैसा र विक्रीदर १० रुपैयाँ ८६ पैसा रहेको भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र विक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ७३ पैसा र विक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा र विक्रीदर ३२ रुपैयाँ ८४ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६४ पैसा र विक्रीदर ३ रुपैयाँ ६६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र विक्रीदर ३२ रुपैयाँ ५७ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४० पैसा र विक्रीदर २८ रुपैयाँ ५४ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ०६ पैसा र विक्रीदर ८८ रुपैयाँ ५१ पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ ३२ पैसा र विक्रीदर १५ रुपैयाँ ४४ पैसा रहेको छ ।

प्रतिक्रिया