काठमाडौं,२७ असार – साताको दोश्रो दिन सोमवार नेपाली बजारमा सुनको मूल्य घटेकोे छ । सुनको मुल्यमा २००रुपैयाले गिरावट आएकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतवार ९२ हजार ४ सय रुपैयाँ कारोवार भएको छापावाल सुन सोमवार सुनको मुल्य प्रति तोला ९२ हजार २०० कायम भएको छ भने तेजाबी सुनको मुल्य ९१ हजार ७ सय रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ ।
महासंघका अनुसार, सोमवार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । सोमवार चाँदी प्रति तोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तो छ असार २८ गते सोमवारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,२८असार – नेपाल राष्ट्र बैंकका अनुसार आज सोमवार अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ १३ पैसा र विक्रीदर ११९ रुपैयाँ ७३ पैसा कयम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ४७ पैसा र विक्रीदर १४२ रुपैयाँ १८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ ६२ पैसा र विक्रीदर १६६ रुपैयाँ ४५ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ३५ पैसा र विक्रीदर १३१ रुपैयाँ ०० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १८ पैसा र विक्रीदर ८९ रुपैयाँ ६३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ७५ पैसा र विक्रीदर ९६ रुपैयाँ २३ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ८१ पैसा र विक्रीदर १० रुपैयाँ ८७ पैसा रहेको भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र विक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ७६ पैसा र विक्रीदर ३१ रुपैयाँ ९२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा र विक्रीदर ३२ रुपैयाँ ८८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६६ पैसा र विक्रीदर ३ रुपैयाँ ६८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा र विक्रीदर ३२ रुपैयाँ ६० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४३ पैसा र विक्रीदर २८ रुपैयाँ ५७ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ १७ पैसा र विक्रीदर ८८ रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ ३४ पैसा र विक्रीदर १५ रुपैयाँ ४१ पैसा रहेको छ ।