काठमाडौं,२३ असार – साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
आइतवार सुनको मूल्य ९२ हजार ४ सय रुपैयाँ कायम भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि यस्तो सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार ९ सय रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ । महासंघका अनुसार, आइतवार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।
यस दिन चाँदी प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,२३ असार – नेपाल राष्ट्र बैंकका अनुसार आज बुधवार एकको खरिददर अधिकतम ११८ रुपैयाँ ९९ पैसा र विक्रीदर ११९ रुपैयाँ ५९ पैसा कयम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८६ पैसा र विक्रीदर १४१ रुपैयाँ ५७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ७४ पैसा र विक्रीदर १६५ रुपैयाँ ५७ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ८० पैसा र विक्रीदर १२९ रुपैयाँ ४५ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १८ पैसा र विक्रीदर ९० रुपैयाँ ६३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ३२ पैसा र विक्रीदर ९६ रुपैयाँ ८१ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ७४ पैसा र विक्रीदर १० रुपैयाँ ७९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ७३ पैसा र विक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र विक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६९ पैसा र विक्रीदर ३ रुपैयाँ ७१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा र विक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६३ पैसा र विक्रीदर २८ रुपैयाँ ७८ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ४७ पैसा र विक्रीदर ८८ रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ २७ पैसा र विक्रीदर १५ रुपैयाँ ३४ पैसा रहेको छ ।