काठमाडौं,२४ असार – नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधवार सुनको मूल्य प्रतितोला ९२ हजार २ सयमा कारोबार भएकोमा आज बिहिवार तोलााम एक सयले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैया घटेर १ हजार ३१० रुपैया कायम गरिएको महासंघले जनाएको छ ।
आज बिहिवार अमेरिकी डलरको भाउ बढ्यो यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौं,२४ असार – नेपाल राष्ट्र बैंकका अनुसार आज बिहिवार अमेरिकी डलरको मुल्य बृद्वि भएको छ । बुधवार एकको खरिददर ११८ रुपैयाँ ९९ पैसा र विक्रीदर ११९ रुपैयाँ ५९ पैसा कायम भएकोे डलरको मुल्य आज बिहिवार खरिददर ११९ रुपैयाँ ०९ पैसा र विक्रीदर ११९ रुपैयाँ ६९ पैसामा पुगेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८६ पैसा र विक्रीदर १४१ रुपैयाँ ५७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ४७ पैसा र विक्रीदर १६५ रुपैयाँ ३० पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ०४ पैसा र विक्रीदर १२९ रुपैयाँ ६९ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५० पैसा र विक्रीदर ८९ रुपैयाँ ९५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ७२ पैसा र विक्रीदर ९६ रुपैयाँ २१ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ७५ पैसा र विक्रीदर १० रुपैयाँ ८१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ७५ पैसा र विक्रीदर ३१ रुपैयाँ ९१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७० पैसा र विक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६९ पैसा र विक्रीदर ३ रुपैयाँ ७१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र विक्रीदर ३२ रुपैयाँ ५९ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६१ पैसा र विक्रीदर २८ रुपैयाँ ७६ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ३९ पैसा र विक्रीदर ८८ रुपैयाँ ८३ पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ ३३ पैसा र विक्रीदर १५ रुपैयाँ ४१ पैसा रहेको छ ।