काठमाडौं,२२ असार – नेपाली बजारमा लगातार उकालो लागेको छ । सोमवार ९१ हजार ५०० रुपैयाँमा कारोवार भएको सुनको मुल्य मंगलवार ३०० रुपैयाले बृद्वि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलवारवार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ३०० रुपैया रहेको छ ।
त्यस्तै, यता चाँदीको मूल्य मा ५ रुपैयाले बृद्वि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार १ हजार ३२५ रुपैयाँ कारोबार भएकोमा आज मंगलवार १ हजार ३३० रुपैयाँ मूल्य कायम भएको हो ।
आज डलरको मूल्य घट्यो,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,२२ असार – नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलवार अमेरिकी डलरकोमुल्य घटेको छ । सोमवार अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ २९ पैसा र विक्रीदर ११९ रुपैयाँ ८९ पैसा मा कारोवार भएको अमेरिकि डलर आज मंगलवार एकको खरिददर अधिकतम ११८ रुपैयाँ ५९ पैसा र विक्रीदर ११९ रुपैयाँ १९ पैसा कयम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८७ पैसा र विक्रीदर १४१ रुपैयाँ ५८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ३३ पैसा र विक्रीदर १६५ रुपैयाँ १६ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ७८ पैसा र विक्रीदर १२९ रुपैयाँ ४३ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३७ पैसा र विक्रीदर ८९ रुपैयाँ ८२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ०६ पैसा र विक्रीदर ९६ रुपैयाँ ५४ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ७० पैसा र विक्रीदर १० रुपैयाँ ७५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३५ पैसा र विक्रीदर १८ रुपैयाँ ४५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६२ पैसा र विक्रीदर ३१ रुपैयाँ ७८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०४ पैसा र विक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६९ पैसा र विक्रीदर ३ रुपैयाँ ७१ पैसा रहेको छ भने आज यूएई दिराम रियाल एकको खरिददर ३२ रुपैयाँ २९ पैसा र विक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५३ पैसा र विक्रीदर २८ रुपैयाँ ६८ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ८८ पैसा र विक्रीदर ८८ रुपैयाँ ६३ पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ २७ पैसा र विक्रीदर १५ रुपैयाँ ३४ पैसा रहेको छ ।