शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

आइतवार , आषाढ २०, २०७८

काठमाडौं,२० असार – आइतवार पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । सताको अन्तिदिन शुक्रवार ९१ हजार ३०० रुपैयाँमा कारोवार भएको सुन साताका ेपहिलो दिन २०० रुपैयाले बृद्वि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतवार छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९१ हजार रहेको छ ।

त्यस्तै, यता चाँदीको मूल्य मा १५ रुपैयाले बृद्वि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवारवार १ हजार ३१० रुपैयाँ कारोबार भएकोमा आज आइतवार १ हजार ३२५ रुपैयाँ मूल्य कायम भएको हो ।

आज अमेरिक डलरको भाउ बढ्यो यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं,२० असार – नेपाल राष्ट्र बैंकका अनुसार आज साताको पहिलो दिन अमेरिकी डलरको मुल्य बृद्वि भएको छ । शुक्रवार एकको खरिददर ११९ रुपैयाँ ०१ पैसा र विक्रीदर ११९ रुपैयाँ ६१ पैसामा रहेकोे डलरको मुल्य आज आइतवार खरिददर ११९ रुपैयाँ २९ पैसा र विक्रीदर ११९ रुपैयाँ ८९ पैसामा पुगेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा र विक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ०१ पैसा र विक्रीदर १६४ रुपैयाँ ८४ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ७० पैसा र विक्रीदर १२९ रुपैयाँ ३५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८८ पैसा र विक्रीदर ८९ रुपैयाँ ३२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ९८ पैसा र विक्रीदर ९६ रुपैयाँ ४७ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ७० पैसा र विक्रीदर १० रुपैयाँ ७५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४१ पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ८१ पैसा र विक्रीदर ३१ रुपैयाँ ९७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २४ पैसा र विक्रीदर ३२ रुपैयाँ ४० पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७० पैसा र विक्रीदर ३ रुपैयाँ ७२ पैसा रहेको छ भने आज यूएई दिराम रियाल एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र विक्रीदर ३२ रुपैयाँ ६४ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६५ पैसा र विक्रीदर २८ रुपैयाँ ७० पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ २७ पैसा र विक्रीदर ८८ रुपैयाँ ७१ पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ ३६ पैसा र विक्रीदर १५ रुपैयाँ ४३ पैसा रहेको छ

प्रतिक्रिया