शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

शुक्रवार , आषाढ १८, २०७८

काठमाडौं,१८ असार – शुक्रवार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । मंगलबार र बुधबार क्रमिक रूपमा गिरावट आएको सुनचाँदीको मूल्यमा बिहीबार अधिकतम ८०० रुपैयाँले मूल्य वृद्धि भएको सुनको मुल्य शुक्रवार पनि ५०० रुपैयाँले मूल्य वृद्धि भएका छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रवार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ३०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९० हजार ८०० रहेको छ ।

त्यस्तै, यता चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार १ हजार ३१० रुपैयाँ कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको हो ।

आज अमेरिक डलरको भाउ बढ्यो यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं,१८ असार – नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रवार अमेरिकी डलर कोमुल्य बृद्वि भएको छ। बिहिवार एकको खरिददर अधिकतम ११८ रुपैयाँ ६३ पैसा र विक्रीदर ११९ रुपैयाँ २३ पैसामा कारोवार भएको अमेरिकी डलरको आज शुक्रवार खरिददर ११९ रुपैयाँ ०१ पैसा र विक्रीदर ११९ रुपैयाँ ६१ पैसामा पुगेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा र विक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ९७ पैसा र विक्रीदर १६४ रुपैयाँ ७९ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ५३ पैसा र विक्रीदर १२९ रुपैयाँ १८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०३ पैसा र विक्रीदर ८९ रुपैयाँ ४८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ९० पैसा र विक्रीदर ९६ रुपैयाँ ३९ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६६ पैसा र विक्रीदर १० रुपैयाँ ७२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र विक्रीदर १८ रुपैयाँ ४९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ७३ पैसा र विक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र विक्रीदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७१ पैसा र विक्रीदर ३ रुपैयाँ ७३ पैसा रहेको छ भने आज यूएई दिराम रियाल एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र विक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६२ पैसा र विक्रीदर २८ रुपैयाँ ७६ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ३४ पैसा र विक्रीदर ८८ रुपैयाँ ७८ पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ ३३ पैसा र विक्रीदर १५ रुपैयाँ ४० पैसा रहेको छ

प्रतिक्रिया