काठमाडौं,१७ असार - बिहीबार नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ । मंगलबार र बुधबार क्रमिक रूपमा गिरावट आएको सुनचाँदीको मूल्यमा बिहीबार अधिकतम ८०० रुपैयाँले मूल्य वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, यता चाँदीको मूल्य समेत गत बुधबारको तुलनामा प्रतितोला २० रुपैयाँले वृद्धि हुँदै १ हजार ३१० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
बुधबार बजारमा सुन प्रतितोला ९० हजार र चाँदी एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।
आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,१७ असार – नेपाल राष्ट्र बैंकका अनुसार आज बिहिवार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ६३ पैसा र विक्रीदर ११९ रुपैयाँ २३ पैसा पुगेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा र विक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ३४ पैसा र विक्रीदर १६५ रुपैयाँ १८ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ५८ पैसा र विक्रीदर १२९ रुपैयाँ २३ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०१ पैसा र विक्रीदर ८९ रुपैयाँ ४६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ६७ पैसा र विक्रीदर ९६ रुपैयाँ १५ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ २३ पैसा र विक्रीदर १० रुपैयाँ ७९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र विक्रीदर १८ रुपैयाँ ४६ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६३ पैसा र विक्रीदर ३१ रुपैयाँ ७९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०४ पैसा र विक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७० पैसा र विक्रीदर ३ रुपैयाँ ७२ पैसा रहेको छ भने आज यूएई दिराम रियाल एकको खरिददर ३२ रुपैयाँ ३० पैसा र विक्रीदर ३२ रुपैयाँ ४६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५८ पैसा र विक्रीदर २८ रुपैयाँ ७२ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ २७ पैसा र विक्रीदर ८८ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ २७ पैसा र विक्रीदर १५ रुपैयाँ ३५ पैसा रहेको छ ।