eकाठमाडौं, १६ असार - बुधबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले घट्दै ९० हजार रुपैयाँमा झरेको हो ।
गत मंगलबार सुन प्रतितोला एक सय रुपैयाँले घट्दै ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै यता तेजाबी सुनको मूल्य आज प्रतितोला ५५० रुपैयाँले नै घट्दै ८९ हजार ५५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने गत मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सिन्धुलीमा राष्ट्रिय धान दिबसमा खैजेडी भजनको रमाईलो
मझुवा(सिन्धुली), –सिन्धुली जिल्लामा यो बर्ष राष्ट्रिय धान दिबस विभिन्न रमाईलो कार्यक्रम गरी मंगलबार किसानले मनाएका छन ।
जिल्लाको सुनकोशी गाँउपालिका–७ मझुवाका किसानले भने खेतमै खैजेडी भजन प्रस्तुत गरी राष्ट्रिय धान दिबस यस पटक अरुको भन्दा भिन्नै तरिकाले रमाईलो गरी मनाएका छन् । मझुवाका किसानको खेतमा खैजेडी भजन बजाएर र गाएर कलाघर सिन्धुलीका कलाकारले साथ दिएका हुन् ।
रोपाइँमा आएका हली, लाठ्ठे, रोपाहार सबै खैजेडी भजन सुन्दै आफ्नो काममा व्यस्त देखिन्थे । कलाघर सिन्धुलीका कलाकारहरु पनि रोपाइँमा आएका अन्य कामदार झै आफै काम गरेर खैजेडी भजन प्रस्तुत गर्दा स्थानीयको हेर्ने भिड पनि उत्तिकै थियो ।
मानो रोपेर मुरी फलाउने असार महिनामा किसानको खेतमा कलाघर सिन्धुलीका कलाकार हिलाम्य भएर खैजेडी भजन प्रस्तुत गरेका थिए । कलाघर सिन्धुलीका अध्यक्ष सुमन आईडुले किसानका पीडा र समस्यालाई खैजेडी भजन मार्फत सरकारलाई खबरदारी गरेको बताउनुभयो ।
किसानलाई कृषि पेशाप्रति उत्साहित बनाउन र गाँउघरमा लोप भएको अर्मपर्मको महत्व दर्शाउन निःशुल्क पञ्चेबाजा र खैजेडी भजन सहितको एक महिने सांगितमय रोपाइँ कार्यक्रम अभियानको रुपमा सुरु गरेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार रोपाई गर्ने किसानले खबर गरेपछि कलाघरका कलाकार पञ्चेबाजा र खैजेडी भजनसहित रोपाइँमा उपस्थित हुन्छन । कलाकार रोपाइँमा आए बापत किसानले कुनै शुल्क तिर्नु पर्दैन । उहाँले भन्नुभयो, “मानो रोपेर, मुरी फलाउने असार महिना हो । यो बेलामा हामीले किसानलाई खेतीमा उत्साह जगाउन, कृषिसँग सांगितको महत्व दर्शाउन, संस्कृति मार्फत सचेतना जगाउन र किसानका समस्यालाई संगित मार्फत सरकारलाई खबरदारी गर्ने यो अभियान चलाएका हौं ।”
राष्ट्रिय धान दिवसको अबसरमा लोपोन्मुख खैंजडी भजनको लयले सुनकोसी मझुवाका किसान कुमार तामाङ खेतमा मात्र सिमित रहेन । वरिपरिका रोपार, बाउसे, खेताला, हलि, र रमितेलाइ समेत तताएको तीनै खेतधनी तमाङले सुनाउनुभयो ।
यो बर्ष बेलैमा मनसुन सुरु भएकोले सिन्धुली सहित भित्री मधेस र पहाडका किसानलाई रोपाइँको चटारो छ । यो बर्ष बेलैमै मनसुन सुरु भएकोले सिन्धुली जिल्लाको नौ वटै स्थानीय तहमा गरी हालसम्म ४० प्रतिशत अर्थात छ हजार ३६० हेक्टरमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ ।
केन्द्रका अनुसार सिन्धुली जिल्लाको कुल जमिन मध्ये धान खेतीयोग्य जमिनको क्षेत्रफल २२ हजार ३९४ दशमलब ०९ हेक्टर रहेको छ । त्यो मध्ये पनि बर्षे धान खेती हुने जमिनको क्षेत्रफल १५ हजार नौ सय हेक्टर रहेको छ । गत बर्ष जिल्लामा १४ हजार ७६४ हेक्टर जमिनमा धान खेती भएको थियो ।
यो बर्ष गत बर्षको भन्दा धेरै रोपाइँ हुने अनुमान गरिएको केन्द्रका प्रमुख भरतप्रसाद बिडारीले बताउनुभयो । यो बर्ष समयमै मनसुन हुन, कोभिड १९ का कारण कृषि श्रमिकको उपलब्धता, कृषिमा यान्त्रीकरण र रासायनिक मलको आपूर्ति गत बर्ष भन्दा सहज भएकोले धेरै क्षेत्रफल जमिनमा रोपाइँ हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।