शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

मंगलवार , आषाढ १५, २०७८

काठमाडौं १५ असार - नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार सात सयमा कारोबार भएकोमा आज तोलााम एक सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार एक सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेका छन् । आज चाँदीको मूल्य तोलामा १३०० कायम गरिएको महासंघले जनाएको छ ।

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं,१५ असार – नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ४१ पैसा र विक्रीदर ११९ रुपैयाँ ०१ पैसा पुगेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ३५ पैसा र विक्रीदर १४२ रुपैयाँ ०७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ७९ पैसा र विक्रीदर १६५ रुपैयाँ ६३ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ९४ पैसा र विक्रीदर १२९ रुपैयाँ ५९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८१ पैसा र विक्रीदर ९० रुपैयाँ २७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ १७ पैसा र विक्रीदर ९६ रुपैयाँ ६६ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६९ पैसा र विक्रीदर १० रुपैयाँ ७५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३४ पैसा र विक्रीदर १८ रुपैयाँ ४३ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ५७ पैसा र विक्रीदर ३१ रुपैयाँ ७३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९९ पैसा र विक्रीदर ३२ रुपैयाँ १५ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७० पैसा र विक्रीदर ३ रुपैयाँ ७२ पैसा रहेको छ भने आज यूएई दिराम रियाल एकको खरिददर ३२ रुपैयाँ २४ पैसा र विक्रीदर ३२ रुपैयाँ ४० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५६ पैसा र विक्रीदर २८ रुपैयाँ ७० पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ १८ पैसा र विक्रीदर ८८ रुपैयाँ ६३ पैसा रहेको छ ।

प्रतिक्रिया