काठमाडौं १३ असार नेपाली बजारमा सुनको मूल्यमा आज सामन्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार पाँच सयमा कारोबार भएकोमा आज तोलामा २ सयले बृद्धि भएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार सात सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार दुइ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने आज पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा १३०५ कायम गरिएको महासंघले जनाएको छ ।
मरिणका किसानलाई गाई तथा बोयर बोका बितरण
सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिका–२ मा पाँच जना किसानलाई उन्नत जातको गाई बितरण गरिएको छ ।
उक्त वडाका ती किसानलाई शुक्रबार एक समारोह बिच गाँउपालिका अध्यक्ष पानीराज बम्जनेले उन्नत जातको जर्सी र होलिस्टिन गाई हस्तान्तरण गर्नु भयो । प्रत्येक किसानलाई दुई वटाका दरले गाई बितरण गरिएको गाँउपालिकाका प्रबक्ता बिमर्श मोक्तानले जानकारी दिनुभयो ।
पालिकालाई दुधमा आत्मनिर्भर बनाउन उन्नत जातको गाई प्रबद्र्धन कार्यक्रम अन्तर्गत यो बर्ष ५२ वटा उन्नत जातको जर्सी र होलिस्टिन गाई किसानलाई निःशुल्क बितरण गरेको गाँउपालिकाले जनाएको छ ।
उक्त गाँउपालिकाका अनुसार किसानलाई यो बर्ष उन्नत जातको गाई बितरण गर्नका लागि स्थानीय सरकार साझेदार कार्यक्रम अन्तर्गत सङघिय सरकारको शसर्त अनुदान २१ लाख ७० हजार रुपैया, बागमती प्रदेश सरकारको १२ लाख ५० हजार रुपैया र मरिण गाँउपालिकाको २१ लाख ७० हजार रुपैया गरी ५५ लाख ९० हजार रुपैया बजेट बिनियोजन भएको थियो ।
उक्त कार्यक्रम अन्तर्गत यो बर्ष २६ जना किसानले उक्त गाई पाई सकेको छन् । गाँउपालिकाको वडा नं. २, ४, ५ र ६ का किसानलाई ती गाई बाँडिएको हो ।
बोयर बोका वितरण
यसैबिच मरिण गाउँपालिकाले शनिबार बाख्रा पालन फर्मलाई उन्नत जातको बोयर बोका वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर १ को नमुना बाख्रा पालन फर्म र वडा नम्बर ४ को दिप्ता एण्ड सुभम बाख्रा पालन फर्मलाई बोयर बोका वितरण गरेको हो ।
बाख्रा पालन व्यवसायमा लागेका किसानलाई प्रोत्सान साथै उन्नत जातको बोका बाट आम्दानी बढाउन सकिने भएकाले बोयर बोका वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिकाको तीन लाख बजेट बाट २ वटा बाख्रा फर्मलाई ९३ प्रतिशतको बोयर बोका वितरण गरिएको मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार वितरण गरिएको उन्नत जातको बोका एक वर्ष सम्म वितरण गरिएको फर्ममा नै रहने र बोकाको पालन पोषण फर्म संचालकले गर्ने छ । साथै स्थानियले पनि उक्त बोकाबाट सेवा लिन मिल्ने र फर्म संचालकसँग समन्वय गरेर सेवा लिन सक्ने प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताउनुभयो ।कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन, प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेल लगायतको सहभागिता रहेको थियो ।